विद्युतचुहावट नियन्त्रण गर्न गौर प्राधिकरण सक्रिय, दुईमहिनामा सात लाख भन्दा बढी राजस्व संकलन

   २१ माघ २०७७, बुधबार २०:५१  

विकास अग्रवाल
रौतहट २१ माघ । बढदै गएको चुहावट नियन्त्रण गर्न नेपालविद्युतप्राधिकरण गौर अहिले सक्रियता देखाउँदै राजस्वमाउल्लेखनीय वृद्धि गरेको छ ।
कोरोनामहामारीको मौका छोपीजिल्लामा बढदै गएको विद्युतचोरीलाई नियन्त्रण गर्दे प्राधिकरणले राजस्वमा वृद्धि गरेको हो । कोरोनामहामारीको कारण देखाउँदै सरकारले लकडाउन गरेको मौका छोपीविद्युतचोरी कार्यमातीव्रताआएको थियो ।
प्राधिकरणले दुई महिनाको अवधीमा रौतहटको विभिन्न स्थानबाट विद्युत चुहावटलाई नियन्त्रण गर्दे ७लाखभन्दा बढी राजस्व संकलन गरेको कार्यालय प्रमुखमाधव प्रसादयादवले जानकारी दिए । विश्व प्रसिद्ध कोरोनामाहामारीको बेलाकार्यालयहरु बन्दभएको र गाउँगाउँमा छड्के हुननसकको मौका छोपी सर्वसाधारणहरु विद्युतचोरीमातीव्रता देखाएको बताउँदै उनले अहिले प्रत्येक दिन संयुक्त सुरक्षाकर्मी सहितको प्राधिकरणको टोलीगाउँगाउँमापुगेर अनुगमनतथा छड्के गर्दे आईरहेको जानकारी दिए ।
कोरोनामहामारी समान्य ुहँदै गएपछी प्राधिकरणले विगतदुई महिना देखीप्रत्येक गाउँगाउँमानियमित रुपमा छड्के गरी बुधवारसम्मअवैध रुपले विद्युतप्रयोग गर्दे आईरहेकाहरुबाट ७लाख ३१ हजार एक सय ७५ रुपैया राजस्व संकलन गरेको कार्यालय प्रमुखयादवले जानकारी दिदै छापामारीको क्रममा ४२ हजार ३ सय ७१ युनिट बिजुलीचुहावट समेत भएको बताए ।
अवैध रुपले विद्युतचोरी गरी उपभोग्यगर्दे आएका २६ जनाव्यक्तिलाई पक्राउ समेत गरिएको जानकारी दिदै प्राधिकरणले सो क्रममा २ सय ४० वटा मोटर, ७० वटा पंखा, २५ वटा फ्रिज, ५ वटा टेलिभिजन, लगायतविभिन्न इलेक्ट्रिकका समानहरु बरामद गरी आवश्यककारबाहीगरिएको जनाएको छ ।
विद्युत चुहावट नियन्त्रण गर्न अहिले जिल्लाप्रहरी तथा शसस्त्र प्रहरी सहितको प्राधिकरणको संयुक्त टोलीगाउँगाउँमापुगेर अनुगमनगर्दे आईरहेको प्राधिकरणले जनाएको छ । रानजनीतिकतथा समाजमापहुँचभएकाव्यक्तिहरुको संरक्षणबाट हुने अवैध विद्युत चुहावटलाई कुनै पनीहालतमा नरोकिने समेत प्राधिकरणका प्रमुखयादवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै