चिन किन नेपालमा एक कम्युनिस्ट पार्टी चाहेको छ

   २७ जेष्ठ २०७९, शुक्रबार १५:२७  

विश्वमै नेपालको पहिचान पृथक छ, अमेरिका, चिन सहित विभिन्न शक्तिशाली देशहरु नेपालमा आ आफनो स्वार्थ पूरा गराउन एक कम्युनिस्ट पार्टीको नीति हुनु पर्नेमा चीन अग्रसर रहेको देखिन्छ ।
नेपालमा हालै स्थानीय निकायको निर्वाचन सम्पन्न भएको छ भने ६ महिना पछि  संघीय संसद र प्रदेशको निर्वाचन हुदैछ।

स्थानीय निकायको निर्वाचन पछि नेपालमा राजनैतिक घटना क्रमहरुमा केही परिवर्तन दृश्यहरु देखिन सक्ने अबस्था सिर्जना भएर गएको छ।

अहिले मुलुकमा नेपाली काङ्ग्रेसको नेत्तृत्वमा माओवादी केन्द्र एकीकृत समाजबादी ,जसपा र रास्ट्रिय जनमोर्चा को संयुक्त सरकार छ भने नेकपा (एमाले)प्रमुख प्रतीपक्ष दलको रुपमा रहेको छ।

नेपालको राजनीतिलाई नजिक बाट नियाली रहेको चिनले स्थानीय निकायको चुनाव पछि र संघीय निर्वाचन अघि फेरि एक पटक नेपालमा बिभाजित कम्युनिस्ट पार्टीहरुलाइ  एक बनाउन रणनीतिक र कुटनैतिक दबाब दिन सक्ने र चिनको स्वार्थ अनुसारको बामपंथी शक्ति हरु बिचको सहकार्यमा जोड दिन अमुर्त रुपमा बेइजिङ्गले रणनीतिक रुपमा आफुलाइ तयार पारिरहेको छ स्थानीय निकायको निर्वाचन अघि नै बामपन्थी शक्ति हरु बिचमा एकता गराउन हस्तक्षेप गरेको चिनले मिसन पूरा हुन नसके पछि पर्ख र हेरको नीति अबलम्बन गरेको छ ।

संघीय निर्वाचन अघि नेपालमा बामपंथी शक्तिहरु बिच पार्टी एकीकरण गराउन नसके कार्यगत एकता गराएर भय नि कम्युनिस्ट हरुलाइ एक बनाउन रणनीतिक रुपमै लागेको चिनले अबको नीति बढी हस्तक्षेपकारी र दबाबनै हुने देखिन्छ।यस अघि पनि चिनले पटक पटक कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूलाई पार्टी एकता गर्न दबाब दिदै आइरहेको थियो।

तीन बर्ष अघि एमाले र माओवादी बिच एकीकरण हुदा सहजीकरण गरेको चिनले फेरि दुबै पार्टीको सहकार्यमा जोड दिदै आइरहेको छ।काङ्ग्रेसको सरकार बनेपछी उत्तरी सिमाको विषय उठ्नु र नेपालको भारत सङको सम्बन्ध सुमधुर हुँदै गए पछि ससन्कित भएको चिनले आगामी प्रतिनिधि सभाको निर्वाचनमा कम्युनिस्टहरु बिच सहकार्य नगरे एमाले र माओवादी दुबै खुम्चिने र फेरि काङ्ग्रेसकै सरकार बन्ने देखे पछि त्यसलाइ ख्याल गरेर नै चिनले नेपालका बामपंथी दलहरु बिच एकता र सहकार्यका लागि दबाब दिएको अनुमान गरिएको छ।

चिनले बेला बेला एमाले र माओवादीकै नाम लिएर उनिहरुले संयुक्त रुपमा कम्युनिस्ट आन्दोलन अगाडी बढाउनु पर्ने भन्दै नेपालको दलहरुको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आइरहेको छ।सैद्धान्तिक रुपमा आफ्ना स्वार्थका मुद्दाहरु स्थापित गर्न र वि.आर.आइ परियोजनालाई नेपालमा सफल बनाउन पनि कम्युनिस्ट सरकार भए सजिलो हुने साथै सिमाको विषय उठिरहनुमा चिनको कुटनैतिक बिफलताको कारण हुने भन्दै आफ्नो रणनीतिक स्वार्थको लागि भएपनी बाम एकता र सहकार्यमा चिनले दबाब सिर्जना गर्ने गरेको अनुमान आम जनमानसमा लाग्ने गरेको छ।

चिनले स्थानीय निर्वाचन अघि नै एमाले र माओवादीका दोस्रो तहका नेताहरुलाइ चिनमा बोलाएर बाम एकता वा सहकार्यको लागि गृहकार्य  गर्न सुझाब दिएको थियो तर केन्द्रिय नेतृत्व को अनिच्छाका कारण त्यो सफल हुन सकेन तर यो पटक संघीय निर्वाचन अघिनै बाम एकतामा जोड दिने चीनिया नितिले कस्तो प्रभाव कम्युनिस्ट हरुमा पार्छ त्यो चिनियाँ सक्रियताले अबका दिनहरुमा देखाउने राजनैतिक विश्लेषण हरुको अनुमान रहेको छ।

चिनको अबको रणनीति एमाले र माओवादीका प्रमुख नेताहरुलाइ दबाब दिने यदि त्यो मिसन सफल नभएमा दोस्रो तहका नेताहरु मार्फत दबाब सिर्जना गरेर भएपनी सहकार्य  गराइ छाड्ने रहेको छ।नेपालमा कम्युनिस्ट सरकार हुनु भनेको चिनलाइ नेपालमा आफ्ना मुद्दा  र परियोजनाहरुलाई स्थापित गराउन सहज हुनु हो।

कुटनितीज्ञ हरुका अनुसार चिनलाइ तत्कालिन नेकपा सङ्ग काम गर्न सहज भएको थियो तर नेकपा मा विवाद भएर गठबन्धन सरकार बने पछि चिनलाइ आफ्नो रणनीतिक स्वार्थ अनुसार काम गर्न सहज भएको छैन तसर्थ पुरानै नेकपा को अबस्थामा माओवादी र एमालेले देख्न चाहिरहेको छ।त्यस्मा उस्को रणनीतिक र दीर्घकालीन स्वार्थहरु रहेको पाइन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै