माधवकुमार नेपालको गृह नगर गौरमा निर्धारित कार्यक्रम असफल, ओली समुह हाबी हुदै
रौतहट, २१ माघ । कडा सुरक्षाको कारण प्रचण्ड नेपाल समूहको निधारित मशाल जुलुश कार्यक्रम गौरमा असफल भएको छ ।
नेकपामा नेता माधव कुमार नेपालको गृह नगर गौरमा निर्धारित मशाल जुलुश कडा सुरक्षा व्यवस्थाका कारण असफल भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको २३ गते हुने कार्यक्रमलाई लक्षित गर्दे प्रचण्ड नेपाल समूहले बिहिवार बन्दको आह्वान गरेको पुर्व संध्यामा गौरमा निस्कने मशाल जुलुश सुरक्षाकर्मीको डरका कारण तुहिएको हो । निर्धारित कार्यक्रम अनुसार सञ्चारकीहरु चौक चौकमा मशाल जुुलुशको प्रतिक्षामा बसेपनी माधवकुमार नेपालकै गृह जिल्ला सदरमुकाम गौरबाट निर्धारित कार्यक्रम हुननसकेको प्रतिक्रिया कार्यकर्तामा शंका हुन थालेको छ ।
प्रचण्ड नेपाल समूहको निर्धारित कार्यक्रमलाई असफल गर्न बेलुका बन्दोबस्तीका समान सहित गौर नगरपालिकाको मुख्य सडकहरुमा सुरक्षाकर्मीको टोली परिचालन भएपछि कार्यक्रम स्थगित गरिएको दहाल नेपाल समुहको आन्तिरिक श्रोतबाट बुझिएको छ ।