गाउँपालिका अध्यक्ष शम्भु सिंहद्धारा संस्कृत मावी मत्सरीमा अनुगमन निरीक्षण

740 Shares

मत्सरी (दुर्गा भगवती रौतहट), ३० जेठ । जिल्लाको एक मात्र संस्कृतको अध्ययन अध्यापन हुने संस्कृत माध्यमिक विद्यालय मत्सरीमा सोमबार दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंहले अनुगमन निरीक्षण गरेका छन् ।
गाउँपालिका अध्यक्ष सिंह सहित वडा नम्वर ३ का अध्यक्ष धर्मेन्द्रकुमार झा (डिके), प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव सहितका पदाधिकारीहरुले आज संस्कृत माध्यमिक विद्यालयको स्थलगत अनुगमन निरीक्षण गर्दै विभिन्न समस्याहरुलाई तत्कालै समाधन गरिने प्रतिबद्धता जनाएका हुन् ।


संस्कृत मावि मत्सरीमा विषयगत शिक्षकको अभाव, कक्षा कोठामा सिलिंग पंखा जडान गर्ने, शौचालयको अवस्था अत्यन्तै जिर्ण रहेको हुँदा त्यसलाई मर्मत सम्भार गरी नयाँ शौचालन बनाउने, दिवा खाजालाई व्यवस्थित बनाउने लगायतका विभिन्न समस्याहरुलाई समाधान गर्न पालिका कटिबद्ध रहेको वडा नम्वर ३ का अध्यक्ष धर्मेन्द्रकुमार झाले बताए ।


यसैगरी गुणस्तरिय शिक्षा प्रदान गर्न प्रधानाध्यापक त्रियोगी नारायण झालाई निर्देशन दिदै पालिका अध्यक्ष शम्भु सिंहले १ घंटी देखि लिएर ७ घंटी सम्म नियमित अध्यापन गराउनुपर्ने, शिक्षकको अभावमा कक्षा खाली नराख्ने र सोको लागि उचित प्रबन्ध मिलाउने यदी कक्षा कोठा खाली रहेमा सोही अनुसारको प्रशासनीक कर्मचारी विरुद्ध आवश्यक कानुनी कारवाही चलाउने निर्देशित गरिएको बताए ।


कम्प्युटर शिक्षालाई विशेष जोड दिने, कुनै पनि बहानामा विदा बाहेक अन्य दिनमा विद्यालय बन्द नगर्ने लगायतको सुझाव दिइयोे ।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष शम्भु सिंहलाई विद्यालयका प्रधानाध्यापक त्रियोगी नारायण झाले माला अविर लगाएर स्वागत गरेका थिए । सोही अवसरमा छात्रछात्राहरुलाई अध्यक्ष शम्भु सिंहले पाठ्यपुस्तक सामग्री हस्तान्तरण गरेको थिया । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष भुजेन्द्र झा, सदस्य नित्यानन्द झा, समाजसेवी रामनारायण झा, नेकपा एसका युवा नेता रौशन झा, स्थानीय कृष्णचन्द्र झा, पुर्व वडासदस्य कमलेश झा, स्थानीय बेदानन्द ठाकुर सहित विद्यालयका शिक्षक एवं प्रशासन फाँटका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
विद्यालयलाई आवश्यक पर्ने कार्यको माइनुट गरिएको तथा उक्त माइनुट विद्यालय प्रअ झालाई पालिका अध्यक्ष सहितका पदाधिकारीहरुले हस्तान्तरण गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार