सर्लाही । भारतीय लगानीमा सर्लाहीमा निर्माण भएको विद्यालय भवनको एक समारोहका बिच उदघाटन गरिएको छ ।
भारत सरकारको आर्थिक अनुदान सहयोगमा निर्माण भएको सर्लाहीको लालबन्दीस्थित श्रीफौद सिंह जनता मावि भवन उदघाटन गरिएको हो ।
मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह तथा वीरगन्ज स्थित भारतीय महावाणिज्यदूत नितेश कुमारले संयुक्त रूपमा भवन उदघाटन गरेका हुन् ।
शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रमअन्तर्गत भवन निर्माण गरिएको भारतीय महावाणिज्य दूतावासले जनाएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पदाधिकारी, रानीगन्जका जनतालगायत सरोकारवालाहरू उपस्थित थिए । ७८ लाख ३० हजार रुपियाँमा निर्माण भएको भवन भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने आजादीका अमृत महोत्सवअन्तर्गत नेपालमा यसवर्ष उद्घाटन गरिने परियोजनामध्येको एक हो । नयाँ विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।
महावाणिज्य दूतावासाका अनुसार ‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत भारत सरकारको अनुदान पन्ध्रवटा कक्षा कोठा, दुईवटा सिँढी र सरसफाइ सुविधासहितको दुईतले विद्यालय भवन निर्माण भएको हो । भारतले नेपालमा हालसम्म ५२७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको छ ।
सातवटै प्रदेशहरूकै तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, पहुँच, सरसफाइ र अन्य सार्वजनिक सुविधाहरूको निर्माणको क्षेत्रमा जम्मा ४७१ परियोजना निर्माण सम्पन्न गरेको छ । यीमध्ये सर्लाहीमा मात्रै २० आयोजना छन् । भारत सरकारले विभिन्न स्वास्थ्य चौकी र एनजीओहरुलाई ३१ वटा एम्बुलेन्स र सर्लाही जिल्लामा एउटा स्कुल बस उपहार दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन