मैत्रीपूर्ण खेलमा नेपाल पत्रकार महासंघले रौतहट क्रिकेट संघलाई १० विकेटले पराजित गरे

रौतहट, २२ माघ । नेपाल पत्रकार महासंघ र रौतहट क्रिकेट संघ विच भएको मैत्रीपूर्ण खेलमा पत्रकार टिम १० बिकेटले विजय भएको छ ।
टस जितेर पहिलो ब्याटिंग गरेको रौतहट क्रिकेट संघले निर्धारित १६ ओभरको खेलमा ७ विकेट गुमाउदै ९० रनको योगफल तयार गरे । प्रतिउत्तरमा मैदनमा आएका महासंघको ओपनर ब्याट्सम्यानद्धाय स्मिथ रजक र सन्तोष पौडेल ९ ओभरमा विना कुनै विकेटको क्षतिमा लक्ष्यलाई भेटाई रौतहट क्रिकेट संघलाई १० विकेटको फराकिलो अन्तरबाट जितेको छ ।
बलिंगमा २ विकेट र ब्याटिंगमा अविजित रहदै ७४ रन रजकले बताएको थियो ।