चीनको विस्तारवादी नीति सामु ताईवान अस्तव्यस्त भएका छन् ।
ताइवानको स्वतन्त्रता रोक्नको लागि अन्तिम सम्म लड्ने वाचा गरेका हुन् । ताइवानको विषयमा अमेरिकासँगको बढ्दो तनावका बीच चीनले ताइवानमा विदेशी हस्तक्षेप असफल हुने निश्चित भएको टिप्पणी गरेको छ ।
यदि कसैले ताइवानलाई चीनबाट अलग गर्ने हिम्मत गर्छ भने, त्यसको मूल्य चुकाउन तयार रहनु पर्छ । यो चीनको लागि एक मात्र विकल्प हो,’ चिनियाँ रक्षामन्त्री वेइ फेङ्गेले आइतबार साङ्ग्रिला संवाद सुरक्षा शिखर सम्मेलनमा बोल्दै भनेका छन् ।
शनिबार अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनको टिप्पणीमाथि प्रतिक्रिया दिँदै वेइले भनेका छन्, ‘कसैले पनि आफ्नो क्षेत्रीय अखण्डताको रक्षा गर्न चिनियाँ सशस्त्र सेनाको संकल्प र क्षमतालाई कम आँकलन गर्नु हुँदैन ।’
उनले वाशिंगटनलाई घुमाउरो शैलीमा भनेका छन्, ‘केही देशले आन्तरिक मामिलामा हस्तक्षेप गर्न चीनविरुद्ध ताइवान कार्ड खेलिरहेको छ ।’ उनलेअघि भने ‘चीनको पुनः एकीकरणको बाटो कसैले रोक्न सक्दैन ।’
चीनका रक्षामन्त्री वे फङ्खले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग एसियाली सुरक्षा सम्मेलनको अवसरमा सिङ्गापुरमा भेटेका थिए।
त्यस क्रममा ताइवानलाई चीनबाट छुट्ट्याइए चिनियाँ सेनासँग लड्नुबाहेक अरू विकल्प नहुने र त्यसले युद्ध निम्त्याउने धारणा वेइले व्यक्त गरेका थिए ।
त्यसको भोलिपल्ट अर्थात् आइतबार चिनियाँ विदेशमन्त्रीले ताइवानमाथिको थप बलियो टिप्पणी गरेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन