गरुडा (रौतहट), ३१ जेष्ठ । गरुडा नगरपालिकाको नवनिर्वाचित मेयर कन्थमणी कलवारले गरुडा नगरको समग्र विकासलाई समेटिने गरी बजेट ल्याउने तयारीमा जुटेको बताए ।
गरुडामा आयोजित नेकपा एमालेको समिक्षा बैठक तथा सम्मान कार्यक्रममा उनले उक्त कुरा बताउनु भएको हो । स्थानीय तहले प्रत्येक वर्षको असार १० गते भित्रमा अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने कानुनी प्रावधान रहेकोमा बजेट ल्याउने गृह कार्यमा जुटेको बताए ।
नेकपा एमाले पार्टीबाट जितेपनि नगरको समग्र हितलाई ध्यानमा राखेर विकास बजेट ल्याउन लागिएको स्पष्ट पारे । आफू एमालेबाट जितेपनि पार्टीगत हित भन्दा माथि उठेर गुटगत, जातिय, धार्मिक भेदभाव नराखी सम्पुर्ण राजनीति दलका प्रतिनिधीहरु संग हातेमालो गर्दै सल्लाह–सुझाव एवं सहकार्य गर्दै जनता सँग गरेका प्रतिबद्धतालाई पुरा गर्ने विश्वास व्यक्त गरे ।
महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, पिछडिएको समुदाय, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरू, सामाजिक, आर्थिक, शैक्षिक रूपमा पछाडी परेका व्यक्ति तथा समुदाय लाई समेटिने बताए । निस्वार्थ भावनाले जनताको सेवामा लागेर समाज रुपान्तरणमाको भावना जागृति गर्दै आफ्नो सम्पुर्ण जीवन राजनीतिमै बिताउने उनले भने ।