सर्लाहीमा विद्युत सेवा अवरुद्ध

227 Shares

सर्लाही, ३१ जेठ । सोमवार राति हावाहुरी संगैं परेको पानी एवं चट्याँगबाट सर्लाही जिल्लामा विद्युत आपूर्ती ठप्प भएको छ ।
सर्लाहीको नबलपुर स्थित सवस्टेशनको ट्रान्सफर्मर टेष्टिङ्ग तथा मर्मत गरेर पछि दुई दिन पछि आएको विद्युत पुन ः रातिको हावाहुरी संगै आएको पानी र चट्याँगको कारण अबरुद्ध भएको हो ।
चट्याङ्गबाट जिल्लामा कहीँकतै अप्रिय घटना नभएपनि विद्युत आपूर्ती ठप्प हुँदा उपभोक्ताहरु मर्कामा परेका छन् । सर्लाहीको केही भागमा पानी मात्रै परेको अन्य स्थानमा निकै हावाहुरीको कारण गएराति देखि नै विद्युत आपूर्ती ठप्प हुँदा विद्युतीय कारोवार गर्नेहरु निकै अप्ठ्यारोमा परेका हुन् । लालबन्दीसहित मुख्य–मुख्य बजारहरुमा विद्युत सूचारु भइसकेपनि जिल्लाको ग्रामीण बस्तीहरुमा राती देखिनै बत्ती अवरुद्ध रहेको स्थानीयवासीले बताए ।
सर्लाही जिल्लामा सामान्य वर्षा हुनासाथ घण्टौँ घण्टा सम्म विद्युत सेवा अवरुद्ध हुने पुरानै समस्या यथावतै रहेको छ । नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले आफूहरु समस्या देखिएको ठाउँमा बिहानै देखि मर्मत गर्दै हिँडिरहेको जानकारी दिए । मलंगवा र बरहथवा वितरण केन्द्रले पनि प्राविधिकहरुलाई फिल्डमा खटाइसकिएको जनाएको छ ।
हावाहुरीले कुनै एक ठाउँमा तार चुँडाए वा रुख ढलेर तार तथा पोलमा क्षति पु¥याएको छ । पूरै एरियाको बत्ती काट्नुपर्ने बाध्यताले गर्दा समस्या हुने गरेको प्राधिकरणका प्राविधिकहरु बताउँछन् । सर्लाही जिल्ला विद्युत चुहावटको दृष्टिकोर्णबाट प्रदेशमै अग्र स्थानमा रहेका छन् । विद्युत चुहावटको प्रमुख कारण मलंगवा वितरण केन्द्रको प्रमुखमा स्थानीय विनोद यादव प्रमुखको रुपमा रहेको कारण चुहावट नियन्त्रणमा खासै ध्यान नपुर्याएको आरोप लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार