मेडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गरे

336 Shares

अन्टानानारिभो । मेडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यशैलीबाट निकै प्रफुलित हुँदै उनका प्रशंसा गरेका छन् ।
मेडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जलवायु र प्रकोप नियन्त्रणलाई बढावा दिनको लागि भारतको सफल नेतृत्व गरेको भन्दै खुलेर प्रशंसा गरेका हुन् । पूर्वाधार प्रणालीको लचिलोपनमा लगानी गर्न महत्त्वपूर्ण रहेको पनि उनले बताए ।
प्रकोप प्रतिरोधी पूर्वाधार (सीडीआरआई) सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै राजोएलिनाले आफ्नो देश हालै सीडीआरआईमा सामेल भएको र यस विश्वव्यापी साझेदारीको हिस्सा हुन पाउँदा सम्मानित भएकोमा खुशी व्यक्त गरे ।
सीडीआरआईलाई प्रधानमन्त्री नरेन्द्र मोदीले २०१९ मा सुरु गरेका थिए । ‘हामी हाम्रो सक्रिय सहभागिता ल्याउन र जलवायु सम्बन्धी प्रकोप व्यवस्थापनमा हाम्रो अनुभव अन्य देशहरूसँग साझा गर्न कटिबद्ध छौं,’ राजोएलिनाले भने । सत्रलाई प्रधानमन्त्री नरेन्द्र मोदी, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, घानाका राष्ट्रपति नाना अड्डो डान्क्वा अकुफो–एड्डो र जापानका प्रधानमन्त्री फुमियो किशिदाले पनि सम्बोधन गरेका थिए ।
राजोएलिनाले माडागास्कर, धेरै कम प्रदूषक, जलवायु परिवर्तनको लागि सबैभन्दा कमजोर देशहरू मध्ये एक भएको बताए । उनले भने, ‘आज हामी जलवायु परिवर्तनको असरबाट विश्वको चौथो सबैभन्दा बढी प्रभावित देश हौँ । हाम्रो ठूलो टापुले मौसमी प्रकोप र तीव्र खडेरीले मेरो देशको दक्षिणी जनसंख्याको लागि दीर्घकालीन अनिकाल सँगै बारम्बार बाढीबाट ग्रस्त भईरहेको छ ।
औसतमा, प्रत्येक दशकमा १५ वटा चक्रवात मेडागास्करमा आउने गरेका छन् ।’ चरम मौसमी घटनाहरूको बारेमा कुरा गर्दै माडागास्करका राष्ट्रपतिले हालका वर्षहरूमा कृषि उत्पादनमा कमी, पूर्वाधारको विनाश, मानव जीवनको क्षति, प्राकृतिक स्रोतको ह्रास, खाद्य सुरक्षा अनिश्चित बनाउने, साथै जनस्वास्थ्य र पानीको अभाव देखिएको बताए । उनले जलवायु परिवर्तनका कारण चक्रवात बारम्बार र हिंसक बन्दै गएको पनि उनले बताए ।
केवल २५ दिनमा, मेडागास्करले प्रमुख मौसमी घटनाहरूको श्रृंखला पार गरेको उनले भने । यी चक्रवातले साढे आठ हजारभन्दा बढी घरमा मात्रै नभई विद्यालय, स्वास्थ्य संस्था, कार्यालय र प्रशासनिक भवनमा समेत क्षति पु¥याएको र हजारौं मानिसको जनजीवन प्रभावित भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार