काठमाडौं, ३१ जेठ । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई) सम्झौता परियोजनाको सम्पूर्ण विवरण माग गरेका छन् ।
काठमाडौँको शन्तिनगर बानेश्वर बस्ने राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपाल–चीन दुइ देशबीच भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) समझौता परियोजनाको सम्पूर्ण विवरण माग गरेका हुन् ।
उनले सूचनाको हक सम्बन्धी ऐन २०६४अनुसार परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराएर बीआरआई परियोजनाको सम्पूर्ण विवरण माग गरे । उनले मेरो अध्ययन प्रयोजनको लागि आवश्यक रहेको भन्दै बीआरआई परियोजनाको सम्पूर्ण विवरणको प्रमाणित प्रति उपलब्ध गराइ दिन हुन अनुरोध गर्दै निवेदन गर्दा गराएका छन् ।
त्यस्तै उनले बीआरआई समझौता अन्तर्गत नेपालमा सञ्चालनमा रहेको परियोजनाहरुको नाम र ठेगाना समेत उपलब्ध गराउन माग गरेको छ । उक्त आयोजना अन्तर्गत नेपालमा सञ्चालित परियोजनाहरुको लागत र लागतको श्रोतको विवरण समेत प्रमाणित प्रति उपलब्ध गराउन माग गरेको छ । बीआरआई अन्तर्गत नेपालमा सञ्चालित परियोजनाहरुमा भएको खर्चमा अनुदान रकम कति र ऋण कति रहेको छ तथा यदि ऋण रहेको छ भने त्यस रकम को ब्याज सहितको विवरण पनि उपलब्ध गराउन माग गरेका छन् ।