नेपाल भारत सीमा पार गरिरहदा २ चिनियाँ नागरिक सितामढी जिल्लामा पक्राउ

348 Shares

सितामढी (विहार भारत), ३१ जेठ । भारतमा प्रवेश गर्दै गरेको अवस्थामा दुई जना चिनियाँ नागरिकलाई नेपाल भारत सिमामा तैनाथ एसएसबीले नियन्त्रणमा लिएको छ ।
भारतीय संचारमाध्यमका अनुसार भारत विहारको सितामढी जिल्लामा अबैध रुपमा नेपाल–भारतको सीमा पार गरेकोमा आईतवार दुई चिनियाँ नागरिकलाई सशस्त्र सीमा बलका जवानले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक २८ वर्षीय लो लुङ र ३४ वर्षीय युङ हाइ लुङ रहेका छन् ।
एसएसबीका जवानहरूले उनीहरूलाई सीमा स्तम्भ नम्बर ११÷६ नजिकै भारतीय भूमिमा ३०० मिटर भित्र पक्राउ गरेका थिए । उनीहरुको साथबाट नेपाली राहदानी, ३ थान एटीएम कार्ड, चुरोट लगायतका सामान बरामद गरिएको छ ।
दुवैलाई सुरसण्ड प्रहरीको जिम्मा लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सामान्य सोधपुछको क्रममा ती दुई चिनियाँ नागरिकले चीनबाट थाइल्याण्ड हुँदै नेपाल आएको र काठमाडौंबाट दुईवटा मोटरसाइकल भाडामा लिएर बिहार नाकासम्म पुगेको प्रहरीको भनाईलाई उद्धित गर्दै भारतीय समाचारमाध्यमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार