बर्षाको पानी निकासको विषयलाई लिएर महिलालाई कुटपिट गर्दा ४ महिनाको गर्भ तुहियो

415 Shares

रौतहट, ३१ जेठ । आँगनमा जमेको बर्षाको पानी सडकमा बहाउदा छिमेकीहरुले चार महिनाको एक गर्भवती महिलालाई लछारपछार गर्दै कुटपिट गर्दा महिलाको गर्भ तुहिएको छ ।
रौतहटको यमुनामाई गाउँपालिका वडा नम्वर ४ सरुअठा घर भएका महमद सदाम हुसेनको घरको आँगनमा बर्षाका पानी जमेको र सो पानी निकासको लागि सार्वजनिक बाटोमा निकास गर्दा छिमेकी इसराईल मिया लहेरी, सैरा खातुन, वहिद मिया कवारी, बद्री मिया कवारी र मोमिना खातुन सहितका महिला एवं पुरुषहरुले गत आईतवार दिउसो १.३० बजेको समयमा घरमै एक्लै रहेकी २५ बर्षिया श्रीमती रहाना खातुनको चुल्ठो समातेर लछारपछार गर्दै निर्घात कुटपिट गर्दा उनको चार महिनाको गर्भ तुहिएको हो ।

लछारपछार एवं निर्घात कुटपिटबाट चार महिनाको गर्भ तुहिएकी महिला प्रादेशिक अस्पताल गौरमा उपचार गराउदै ।


गर्भवती महिला रहानको तल्लो पेटमा लौरो र मुक्काले प्रहार गर्दा उनी वेहोस भएपछि अन्य गाउँका मानिसहरु प्रतिकार गर्दा कुटपिटमा संलग्न व्यक्तिहरु भागेपछि पिडिता महिलालाई तत्कालै प्रादेशिक अस्पताल गौरमा उपचारको लागि ल्याएका थिए । कुटपिटकै कारण उपचारको क्रममा रहेकी रहानाको गर्भ तुहिएको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।
सदामले ५ जना पिडकहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय गौरमा कुटपिट गरी गर्भपतन गराएको ऐन अन्तर्गत हदै सम्म कारवाही गर्नुपर्ने माग गरे । उनले संचारकर्मीहरु संग कुरा गर्दै मुख्य आरोपित गाउमै खुलेआम घुम्दै थप घटना घटाउने धम्की दिदै आएको छ तर प्रहरी उनीहरुलाई समात्न नसकेको गुनासो गरे ।

पिडकहरुद्धारा कुटपिटको शिकार बनेकी बुहारीलाई छुटाउन जाँदा सासु अरमुन खातुनको आँखामा गम्भीर चोट लागेको


कुटपिटकै क्रममा ३७ बर्षिया आमा अरमुन खातुनलाई पनि कुटपिट गर्दा आँखामा गम्भीर चोट लागेको सदामले बताए । यस्तो जघन्य अपराध गर्नेहरु गाउँमा खुलेआम रुपमा घुमिरहदा आफूहरु असुरक्षित महसुस गरिरहेको हुँदा यथाशिघ्र मुख्य आरोपित सहितका व्यक्तिलाई पक्राउ गरी कानुनी डायरामा ल्याउन सम्बन्धित निकाय संग माग गरे ।
पिडकहरुद्धारा गरिएको यातनाको जानकारी पाउना साथ तत्कालै जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी टोली घटनास्थलमा पुगेर २ जना आरोपितलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाही सुरु गरेको जानकारी दिदै रौतहट प्रहरीका एसपी विनोद घिमिरेले दुई जनाको जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको बताए । पिडित पक्षद्धारा पाँच जना विरुद्ध किटानी जाहेरी दिएको हुँदा प्रहरीले आरोपितहरुको खोजी कार्य गरिरहेको तथा चाँडै नियन्त्रणमा लिने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार