ट्रेक्टर पल्टिदा चालक सोनारको मृत्यु

   १ असार २०७९, बुधबार १४:०६  

सर्लाही, १ असार । सर्लाही सदरमुकाम मलंगवा स्थित सडकमा अकस्मात ट्रेक्टर पल्टिदा चालकको मृत्यु भएको छ ।
मलंगवा नगरपालिका वडा नम्वर ६ स्थित सडकमा ज.१त. ३८२४ नम्वरको ट्रेक्टर पल्टिदा चन्द्रनगर गाउँपालिका ५ का चालक ३२ वर्षीय रवीन्द्र साह सोनारको मृत्यु भएको हो ।
चन्द्रनगर गाउँपालिका वडा नम्वर ५ मोहनपुर घर भएका चालक सोनारको टे«क्टर अनियन्त्रित भइ पल्टिँदा स्टेरिंगले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
लखन्देही खोलामा तटबन्धका लागि ढुंगा झारेर फर्किदै गरेको ट्रेक्टर दुर्घटनामा मृत्यु भएका सोनारको शव पोष्टमार्टमका लाग प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै