आइएमईले रेमिटेन्सलाई लक्ष्ति गर्दै विदेशबाट बैंक डिपोजिट गर्ने संग जोड्दै छ “नाता अफर”

458 Shares

काठमाडौँ, १ असार । आईएमईले ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा सेवा ग्राही मैत्री बनाउने उद्देश्यबाट “जोड्दै छ नाता” अफर योजनाको एक समारोहका विच बुधवार सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको अफर ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति २२ हजार कर वाहेकको रकम उपलब्ध गराउने जनाएको हो ।
सार्वजनिक गरिएको अफर ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सले १६ जुन २०२२ मनाउने गरेको हुँदा यो अफर सोही दिन देखि लागु हुने बताइएको छ । संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करौडौं नागरिकहरू श्रम गरे वापतको पाएको तलव रेमिटेन्सको माध्यमबाट पठाएर आर्थिक संकटलाई समाधान गरेकोमा सम्मान स्वरूप १६ जुनको दिनलाई विशेष दिनको रुपमा मनाइदै आइएको छ ।
विकाशोन्मुख देशहरूका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य श्रोत हो । यसरी व्यक्ति व्यक्तिले प्राप्त गर्ने रेमिटेन्सबाट देशको अर्थतन्त्रका लागि महत्वपूर्ण रुपमा मानिन्छ । रेमिटेन्स कमाउने विश्वका नागरिकहरूको जीवन सुरक्षा पहिलो प्राथमिकतामा राखेर आप्रवासी नागरिकले कमाएको रेमिटेन्स सुरक्षित ढंगले घरपरिवारको हातसम्म पुग्ने चाहना रहेको छ ।
आइएमई लिमिटेडका बारेमाः–
आईएमई स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँच सम्म सहज रुपमा पु¥याउन प्रतिबद्व रही कम्पनीले सेवा शुभारम्भको २२ औँ वर्ष सम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय ३० आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखाहरु मार्फत विदेशमा कार्यरत नेपालीहरुले दुख कष्ट गरेर कमाएको रकम देशका विभिन्न भागमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार