how do i change my name on zoom app zoom app download windows 10 64 bit new features of zoom app why are my meetings not showing up in zoom changing name on zoom app zoom entertainments karaoke download zoom lab download

रौतहटमा वडाअध्यक्षको निधन

   २० श्रावण २०७७, मंगलवार ०७:३०  

रौतहट, १९ साउन ।
रौतहटमा एक जना वडाअध्यक्षको ज्यान गएको छ । ईशनाथ नगरपालीका वडा नम्बर ५ जटहराका वडाअध्यक्ष ५५ बर्षिय देवेन्द्र ठाकुरको आज गए राति मृत्यु भएको हो ।

रौतहटको पश्चीमी किनारामा रहेको इशनाथ नगरपालिका सबै भन्दा बढी कोरोना संक्रमित भेटिएको स्थानिय तह पनि हो । केही दिन देखी स्वास्थ्य अवस्थामा खराब रहेका वडाअध्यक्ष ठाकुरलाई गए राति अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला जनस्वास्थय कार्यालयका प्रमुख महेश साहले बताए ।

गौर १ स्थीत घरमा रहेका वडाअध्यक्ष ठाकुरलाई दुई सातादेखी ज्वरो, रुघाखोकी लागेको थियो । गए राति उनलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि सदरमुकाम गौरमा रहेको एक निजी क्लीनीकमा लैजादै गर्दा बाटोमै ज्यान गएको जनस्वास्थ्य प्रमुख साहले बताए ।
मृतक वडाअध्यक्ष ठाकुरको आज अन्तीम सँस्कार गरिएको छ भने भोली उनका परिवारजनहरुको स्वाब संकलन गर्ने तयारी रहेको साहले बताए । मृतक ठाकुरलाई कोरोना संक्रमणको आशंकामा तिनदिन पहिले आरडिटी गर्दा नतिजा नेगेटिभ आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै