करेन्ट लागेर चोरको मृत्यु, जगंली जनावरबाट बाली सुरक्षित गर्न करेन्ट लगाउने मसकुर प्रहरी नियन्त्रणमा

1361 Shares

 

तराई टप संवाददाता
रौतहट, २६ माघ । रौतहटको वृन्दावन नगरपालिकाको भुसहा स्थित गहुँबारीमा गत २२ गते मृत अवस्थामा फेला परेको रितु महराको करेन्ट लागेर मृत्यु भएको पुष्टि रौतहट प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा सोमवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रौतहट प्रहरीका एसपी सिद्धी विक्रम शाहले गहुँ बाली जंगली जनावरको चरणबाट जोगाउन खेतको चारै तिर अल्मुनियम तार लगाएर विद्युतीय प्रवाह गर्दा उक्त तारमा अल्झेर गुजरा नपा ७ प्रतापपुर पल्टुवाका ३४ बर्षिय रितु रामको मृत्यु भएको प्रहरीको गहन अनुसन्धान पछि खुल्न आएको हो ।

युवक चोरी गर्ने उद्देश्यबाट माघ २१ गते राति ११ बजेको समयमा गुजराबाट वृन्दावन नपाको भुसहा गाउँ स्थित महम्मद आलमाको घरमा पस्दा निजले थाहा पाएपछि हो हल्ला गर्न थाल्दा छिमेकीहरु लखेट्ने क्रममा चोरी गर्न गएका महरा भाग्दै लमहा खोला पारी गएपछि घरका सदस्यहरु फर्किएका थिए ।
युवक रामको चोरीको प्रयास असफल भएपछि भाग्ने क्रममा वृन्दावन नपा ९ भुसहा बस्ने बर्ष ६६ को मसकुर आलमले जंगली जनावरबाट बालीलाई बचाउनका लागि अल्मुनियमको तारमा अल्झी उक्त तारमा प्रवाह भएको करेन्ट लागेर रामको मृत्यु भएको एसपी शाहले भने । मृतक रामको पोष्टमार्टमबाट आएको रिपोर्टको आधारमा अनुसन्धान गर्दै जाँदा मसकुरलाई प्रहरीले नियन्त्रणमा लिएपछि सबै कुरा स्वीकार्य गरेको उनले जानकारी दिए ।
घटनाको भोली पल्ट अर्थात माघ २२ गते विहान ४ बजेको समयमा मकसुर सहित उसको आफन्तहरु खेत तिर जाँदा युवक तारमा अल्झेर लडेको अवस्थामा देख्दा विद्युतिय प्रवाहको स्वीच अफ गरी हेर्दा युवकको मृत्यु भईसकेपछि दुई सय मिटर उत्तर पटिको खेत गहँु बारीमा युवकको शवलाई फालेको स्वीकार गरेको एसपी शाहले बताए ।


पक्राउ परेको मसकुरले सवै अपराध स्वीकार्य गरेपछि आज जिल्ला अदालत गौरबाट सात दिनको ज्यान सम्बन्धि कसुर मुद्दामा म्याद थप गरेर आनुसन्धान भईरहेको जानकारी दिदै एसपी शाहले विना जानकारी वा सुचनाको विद्युतिय प्रवाह गर्नु गैर कानुनी अपराध भएको हुँदा ज्यान सम्बन्धि कसुर मुद्दामा कारवाही हुने स्पष्ट पारे ।
फोटो क्याप्सन ः जिल्ला प्रहरी कार्यालय रौतहटमा सोमवार पत्रकार सम्मेलनमा अभियुक्तलाई सार्वजनिक गर्दै ।

प्रतिक्रिया

सम्बन्धित समाचार