लोकतन्त्रको सम्बाहक माथि आक्रमण किन ?

331 Shares

प्रभातकुमार झा
यो लोकतन्त्र हो, यहाँ लोकतन्त्रको सम्बाहक माथि आक्रमण गरिन्छ वा गराइन्छ जुनसुकै अवस्थामा आघात लोकतन्त्रलाई नै पुग्दछ, लोकशाहीमा आन्दोलन गर्ने वा विरोध प्रदर्शन गर्न पाइन्छ भन्नैमा तथ्यहिन जे सुकै लेख्न पाइन्छ ? वा जस्तो सुकै प्रदर्शन गर्न पाइन्छ त ? आजको सोचनिय विषय हो ।
विकासको कार्यमा प्रतिष्पर्धा गर्नुपर्ने देशहरु आज हामी भन्दा धेरै अघि बढिसक्यो, बग्लादेश जस्तो देश नेपाल भन्दा कम विकसित राष्ट्र थिए तर नेपाल भन्दा कई गुणा अघि बढि सक्यो, कुनै समयमा चीनलाई सहयोग गर्ने नेपाललाई आज आफै सहयोग र विदेशी अनुदानको भरमा नेपाली जनताहरुलाई राख्न बाध्य छन् किन ? हामी राजनेताहरुमा दुरदर्शिताको कमी, व्यक्तिगत स्वार्थमा लिन, जनभावना लिएर आएपछि जनविरोधी कार्य गरेर कसलाई खुशी पार्न लागिएको छ ? यो सोचनिय विषय हो, आजको हाम्रो समाजमा चर्चा परिचर्चा गर्नु अपरिहार्य रहेको छ नत्र भने विदेशी आर्थिक अनुदान वा ऋणको जालझेलमा यी नेताहरु परेर नेपालीहरुको अवस्था कतै श्रीलंका जस्तो त न होला ? चिन्ता हुनु स्वभाविकै हो तर पनि हामीहरु देख्छौं यी राजनेताहरु अहिले पनि आपसमै झै झगडामा व्यस्त र कुशीको खेलमा मस्त छन् । राजनेताको कुरा गरेर मुल कुरा बाट पन्छिन पाइदैनन । पुन ः विषय बस्तुमै केन्द्रीत रहेर केही आफनो विचार पाठक वर्ग समक्ष राख्न चाहन्छु ।


लोकतन्त्रको सम्बाहक मध्येको एक पत्रकारिता क्षेत्र हो । यस क्षेत्रमा काम गर्नेहरु आफनो अथक मेहनेत, ज्यान जोखिममा राखेर काम गरी समाज र राष्ट्रलाई सहि मार्गमा हिड्न दिशानिर्देश दिइरहेको हुन्छन । सत्य र प्रमाणको आधारमा रहेर पत्रकारिता गर्नेहरु र विना आधार प्रमाणको भरमा लेख्ने समाचारको प्रभाव भिन्न भिन्न किसिमको हुन्छन ।
जुन रौतहट सदरमुकाम गौरको विपी चोकमा बुधवार साँझ भएको घटना समाजिक संजालमा हेर्न पाइयो । काठमाडौंबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकमा जे जस्तो छाप्यो त्यसको न प्रतिवाद गर्नु छ न सत्य हो भन्न सकिन्छ । जे जस्तो भएपनि लेख्ने र जलाएर विरोध गर्नेको शैली राम्रो भएन कि ? किन भने लोकतन्त्रको सम्बाहक संग गल्ति भयो भन्दैमा त्यसको बास्तविक्ता बुझेर मात्रै कदम उठाइएको भए राम्रो हुने थिए कि ? चित्त नबुझदा कानुनी उपचार खोज्नु पथ्र्यो कि ? गलत लेख्नेलाई कानुनी डायरमा ल्याउन सकिन्थ्यो कि ? जे जस्तो भएपनि सत्यता बाहिर त आउथ्यो कि ? तर त्यसो भएन ।
विपी चोकमा भएको विरोध प्रदर्शन देख्दा आफूलाई पनि दुख लागेको छ, सधैभरी नेपाली जनताकै पक्षमा काम गरिरहदा पनि आफनो पेशा प्रतिको आक्रमण अपमानको रुपमा लिइन्छ ? तर के गर्ने जे भएपनि हामीलाई यस क्षेत्रमा काम गर्ने पर्छ, चाहे जस्तो सुकै परिस्थिति नै किन न होस ।
समाचार लेख्दा तथ्यपरक, प्रमाण र आवश्यक सम्पूर्ण आधार प्रमाणहरु समेटिएर समाचार लेखेमा यो क्षेत्र प्रतिको विश्वास जनमानसबाट कहिल्यै घट्ने छैन । न लोकतन्त्रको सम्बाहक माथि आक्रमण हुने छ । गुणस्तरिय शिक्षा क्षेत्रमा सुधार गराई राम्रो राजनेता, असल राष्ट्र सेवक सहितका जनशक्ति उत्पादन गराउन तथा सभ्य, भव्य, शान्तिपूर्ण, विकसित समाजको निर्माणमा संचारक्षेत्रको महत्वपूर्ण योगदान रहने भएको हुदा संकल्पित भएर यस क्षेत्रमा रहौ अनी लोकतन्त्र सुरक्षित हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।