पाकिस्तानमा चरम आर्थिक संकटका विच एक मन्त्रीले आधा कप चिया खान सलाह दिए

212 Shares

इस्लामाबाद । आर्थिक अवस्था चरमराउदै गएका पाकिस्तानी सरकारको मन्त्रीको गैर जिम्मेवारी अभिव्यक्तिबाट पाकिस्तानको अवस्था कति खराब रहेको पुष्टि गरेको छ ।
चरम आर्थिक संकट, खाद्यान्न संकट, खस्कदो मुद्रा स्थिति, भएपनि मिलेर संकटको घडिमा अघि बढ्नुपर्नेमा त्यहाँको मन्त्रीले आम नागरिकलाई आधा कप चिया खान सुझाव दिएको हो ।
पाकिस्तान आर्थिक विपत्ति उन्मुखको अवस्थामा छ। सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन। पाकिस्तानमा कतिसम्म आर्थिक सङ्कट छ भन्ने कुरा त्यहाँकै एक सङ्घीय मन्त्रीको भनाइबाट पनि पुष्टि हुन्छ। किनकि देशको अर्थतन्त्र जोगाउन भन्दै एक जिम्मेवार मन्त्रीले चिया कटौती गर्न सर्वसाधारणलाई आह्वान गरेका छन्।
एक पत्रकार सम्मेलनमा योजना, विकास तथा विशेष प्रोत्साहनमन्त्री अहसान इकबालले भने, ‘अर्थव्यवस्था बचाउने प्रयास स्वरूप म देशलाई एक कप चिया कम गर्न अपिल गर्नेछु।’

चिया कम पिउन मन्त्रीले दिएको सुझाव अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भारतमा जस्तै पाकिस्तानमा पनि चिया पारखीको ठुलो जनसङ्ख्या छ। पाकिस्तान अहिले ठुलो विपत्तिको किनारमा छ। आतङ्कवाद र राजनीतिक सङ्कटसँगै देश गम्भीर आर्थिक मन्दीबाट गुज्रिरहेको छ।
पाकिस्तानको नयाँ सरकारले आगामी तीन वर्षमा ६ दशमलव ४ अर्ब डलर ऋण चुक्ता गरेर अन्तर्राष्ट्रिय मुद्रा कोषले तोकेको बेल आउट मापदण्ड पूरा गर्ने प्रयास गरिरहेको छ।

अमेरिकी स्वार्थ बमोजिम सरकार गठन भएको भन्दै पूर्व प्रधानमन्त्री इमरान खानले केही सातादेखि निरन्तर सरकारविरुद्ध आन्दोलन चर्काइरहेका छन्। संसद्मा अविश्वासको प्रस्तावपछि उनले राजीनामा दिन बाध्य भएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।