एलानी जग्गालाई लम्मरी बनाईदिने भन्दै लाखौंको ठगी

579 Shares

 संजय मिश्रा

रौतहट, २ असार । एलानी जगालाई लम्मरी बनाईदिने भन्दै रौतहटमा एकजना बिधवा महिलालाई लाखौं रुपैया ठगी गरेको सार्वजनिक भएको छ ।स्थानीय मौलापुर नगरपालिका ८ सोनरनियाका स्वर्गीय गोबिन्द सिंह कुर्मिको श्रीमती शान्ति देवि संग लाखौं रुपैया ठगी भएको सार्वजनिक भएको हो ।बिधवा महिला शान्ति देवि बिहीबार संचारकर्मीहरु संग कुरा गर्दै स्थानीय गढिमाई नगरपालिका धनहारी गाउँका बिरेन्द्र यादवले पटकपटक गरि ६ लाख रुपैया ठगी गरेको बताईन।मौलापुर ८ सोनरनिया गाउँ भन्दा पश्चिम सरकारी स्वामित्वको तिरो नलाग्ने १० कठा एलानी जग्गामा  पछिल्लो एकदशक देखि हामी दम्पती  खेती किसानी गर्दै आएको छु ।५ बर्ष अघि आरोपी बिरेन्द्र यादवले मेरो श्रीमान लाई एलानी जग्गाको कुनै भर हुंदैन जतिबेला चाहे स्थानीय तहले लिनसक्छ मात्र ६ लाख रुपैया  खर्च गर्नुस म लम्मरी बनाई दिन्छु भनेर प्रलोभनमा पारे उनलेे भनिन।यादवको प्रलोभनमा परेर मेरो श्रीमानले पटकपटक गरि ३ लाख रुपैया दिए । त्यसपछि म संग पनि पटकपटकमा ३ लाख गरि कुल ६ लाख रुपैया लिएर १० कठा जग्गाको लालपुर्जा ल्याएर दिएको बिधवा महिला कुर्मिले बताईन ।मौलापुर ९ किता नम्बर २४ को १० कठा क्षेत्रफल जग्गाकोलालपुर्जा पछिल्लो ४ बर्षदेखी दराजमा सम्भालेर राखेको थिए ।गतबर्ष साउन महिनामा मेरो श्रीमान गोविन्द सिंह कुर्मिको आफ्नो कालगतिले निधन भयो ।अन्य केही मानिसलाई नक्कली लालपुर्जा दिएको आरोपमा एकसाता अघि आरोपी बिरेन्द्र यादव  ईलाका प्रहरी कार्यालय मौलापुरमा पक्राउ परेका थिए ।यादव पक्राउ भएपछि मलाई पनि शंका लागेर उसले दिएको लालपुर्जा मालपोत कार्यालय मौलापुरमा देखाउंदा नक्कली रहेकोे थाहा पाएको उनलेे बताईन।श्रीमान बित्नु भयो छोरा छोरी छैन मेरो न्यायको लागि तपाईहरुले पहल गरिदिनुस उनलेे आग्रह गरिन । आफू ठगीमा परेको भनेर  आरोपी बिरेन्द्र यादवलाई  कार्वाहीको दायरामा ल्याउन  ४ दिन अघि यादव विरुद्ध  जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दिएको पीडित महिला शान्ति देविले बताएकी छिन  । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बिनोद घिमिरेले घटनाको पुष्टि गर्दै आरोपी बिरेन्द्र यादव शान्ति देवि सरह कैयौं लाई नक्कली लालपुर्जा दिएर ठगेको बताए । केही मानिसको पैसा फिर्ता गराएको र अन्य पीडितको हकमा पिडक यादव लाई १७ गते बोलाएको तथा घटना बारे थपअनुसंधान भैरहेको एसपी घिमिरेले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार