रौतहट, २ असार । स्थानीय तहमा नव निर्वाचित भएका मेयर सहितका जनप्रतिनिधिहरुले विगतका जनप्रतिनिधिहरु भन्दा फरक ढंगबाट काम काजलाई अघि बढाएर जनताहरको हृदयमा बास गर्ने कार्यमा अग्रसर भएको देखिन्छ ।
दुर्गा भगवती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका शम्भु सिंहले स्वास्थ्य, शिक्षा, कृषि क्षेत्र सहितका समस्याहरु पहिचान गरेर काम गर्ने ढंगलाई विगतको जनप्रतिनिधिहरुले गरेका गल्तिबाट पाठ सिक्दै नयाँ ढंगबाट समान रुपमा जनताहरुको सेवामा समर्पित भएका हुन् ।

विद्यालयको शिक्षामा सुधार गर्न तत्पर रहेको, किसानहरुलाई मलखाद्य विऊ उपलब्ध गराइएको छ, गाउँ अधिवेशन पछि स्वास्थ्य क्षेत्रमा सुधार गरेर जनतालाई विगतको भन्दा अहिलेको अवस्थामा परिवर्तन महसुस हुनेछ वडा नम्वर ३ का अध्यक्ष धर्मेन्द्रकुमार झा (डिके) ले भने । आजै वडा नम्वर ४ को किसानहरुलाई मेयर शम्भु सिंह, उपमेयर सिला देवी, वडाध्यक्ष रामानन्द यादव, डिके झा, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले किसानहरुलाई पोटास, विऊ सहितका सामग्रीहरु वितरण गरिएको छ ।

विद्यालयमा दिवा भोजन दिइएको, शिक्षकको अवस्था वारे, विद्यार्थी उपस्थिति सहित विभिन्न समस्याहरु पहिचान गर्ने कार्य भईरहेको हुँदा उक्त समस्याहरु गाउँ अधिवेशन पछि समाधान गरिने गाउँपालिका अध्यक्ष शम्भु सिंहले बताए । हामी अहिले बुझ्दै छौ, धेरै रकमको कार्यदेश पाहिलालाई बाँडिएको अवस्था छ, सबैको अध्ययन भईरहेको तथा निर्माणाधिन कार्यहरु सम्झौता अनुसार हो कि होइन बुझेर मात्रै भुक्तानीको प्रक्रिया अगाडी बढाउने समेत उनले बताए ।

विहिवार गाउँपालिकाको कार्यालय गंगापिपरामै अध्यक्ष शम्भु सिंहलाई सवैभन्दा पुरानो माओवादी गणेश झाले गम्छा ओढाएर सम्मान एवं पूर्ण कार्यकाल सफलतापूर्वक वितोस भनेर आशिष दिएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन