घमण्ड नगरी जनभावना अनुसार काम गर्न निर्वाचित जनप्रनिधिलाई निर्देशन दिए ः माधव नेपाल

   ३ असार २०७९, शुक्रबार २०:१५  

रौतहट, ३ असार । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका पदाधिकाहरु दम्भ (घमण्ड) नदेखाई नम्र भावले जनचाहना अनुसारको विकास निर्माण कार्यलाई गति दिन निर्देशन दिनु भएको छ ।
नेकपा एस रौतहटद्धारा गौर नगरपालिकाको सभाकक्षमा शुक्रवार आयोजित नव निर्वाचित जन प्रतिनिधिहरुको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले उक्त निर्देशन दिनुभएको हो ।


पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले नेकपा एमालेको कार्यशैलीबाट नेपाली जनताहरु आत्मनिर्भर एवं सुखी समृद्धि बन्न नसक्ने भएपछि उक्त पार्टीमा विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेर थोरै समयमा पाएको उपलब्धीलाई जनता समक्ष सकार गरी अघि बढेमा मात्रै पार्टीलाई दिएको अमूल्य मतको सधै निर्वाचित जनप्रनिधिहरु कदर गर्न सिक्नुपर्ने बताए ।
धेरै मतले विजय भएको वा निकै संघर्षपूर्ण रुपमा विजय भएको घमण्ड नगरेर जनताले दिएको म्याण्डेडलाई सर्वोपरी ठानी जनताहरुकै चाहना अनुसार अघि बढ्दै पार्टीको संगठनलाई सुदृढ बनाउनुपर्ने तर्फ अग्रसर भई आउने दिनमा नेकपा एसलाई देशकै ठूलो पार्टी बनाउनुपर्ने कार्यमा सबैजना लाग्नुपर्ने स्पष्ट पारे ।
अहिलेको पाँच दलिय गठबन्धनलाई बलियो बनाउनुपर्नेमा जोड दिदै नेता नेपालले स्थानीय तहको सम्पन्न भएको निर्वाचनबाट पाठ नेपाली काँग्रेस र माओवादीले सिक्नु जरुरी रहेको चर्चा गरे । नेपाली काँग्रेस र माओवादीलाई लाग्दथ्यो नेकपा एस निकै कमजोर छ, उनी संग जनमत छैन भने दम्भ गरेका कारण निकै सिट गुमाउनु परेको स्मरण गर्दै उनले आउन लागेको संघिय र प्रादेशिक निर्वाचनमा सत्ता साझेदार दल विच चुनावी गठबन्ध गरेर अघि बढेमा राम्रो हुने धारणा राखे ।
यदी ति दलहरु चुनावी गठबन्धन गर्न नमानेको अवस्थामा नेकपा एस एक्लै निर्वाचनमा भाग लिने स्पष्ट पार्दै निर्वाचित भएका जनप्रनिधिहरुको दायित्व बाहेकको समयमा पार्टी नेतृत्वले सदुपयोग गरेर संगठनलाई विस्तार गर्दै बलियो बनाउने तर्फ लाग्नुपर्ने जिकिर गरे । रौतहटको १८ पालिकामा नेकपा एक चार स्थानीय तहको मेयर उपमेयरमा विजयी हाँसिल गरेको र १५७ वडामा ३३ वडा र महिला सदस्यहरु गरेर १३६ जना जितेकोमा विजयी सबैजनालाई बधाई एवं सफल कार्यकालको लागि शुभकामना दिए ।
नेकपा एसद्धारा आयोजित उक्त कार्यक्रममा उपस्थित भएका सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुलाई अध्यक्ष नेपालले फुलमाला, अविर र गम्छा ओढाएर सम्मान गर्दै जनताहरु निकै आशाभरोसा राखेको हुँदा उक्त आशाभरोसालाई कायम राखेर काम गर्ने निर्देश दिए ।
उक्त कार्यक्रममा पोलिट ब्यूरो सदस्य रामकुमार भटराई, मधेश सरकारको वन राज्य मन्त्री नागेन्द्र यादव, भुमी व्यवस्था आयोग रौतहटका अध्यक्ष लक्ष्मण रेग्मी, महेन्द्र चौलागाई लगायतले सम्बोधन एवं नव निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिएका थिए ।

मेयर, उपमेयर, वडाध्यक्ष सहित नव निर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सम्मानित गर्दै गरेको केही फिचर तस्वीरहरु

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै