काठमाडौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल भारत विचको सम्बन्धलाई प्रगाढ र सुमधुर बनाउनु पर्ने बताए ।
उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र भारत बीचको सम्बन्ध धेरै पुरानो सम्बन्ध हो यसलाई कसैले चाहेर पनि टुटाउन दिदैनौ, सम्बन्धलाई बलियो र सुमधुर बनाउदै अघि बढ्नुपर्ने बाहेक अन्य कुनै विकल्प नरहेकोमा जोड दिए ।
नेपालको लागि भारत सँगको सम्बन्ध अपरिहार्य रहेको बताए । एउटा टिभीबाट प्रसारण भएको कार्यक्रममा पत्रकारसँग कुरा गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् ।
उनले भने–नेपालका लागि भारत अपरिहार्य मित्र राष्ट्र हो, भारतका लागि पनि नेपाल अपरिहार्य मित्र राष्ट्र हो । यस सम्बन्धलाई अर्को केहीले पनि रिप्लेस गर्न सक्दैन् । रिप्लेस गर्न सक्दैन भन्नुको अर्थ समस्यालाई कार्पेटमुनि लुकाएर कहीँ जाईँदैन होला नि । समस्या छन् नि, थोपरिदिएका समस्या छन् । त्यसलाई समाधान गर्नको लागि राष्ट्रिय समझदारी गरेर अघि बढ्नुपर्छ ।’
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन