सुरक्षाकर्मीहरुको अवरोधका बावजुद दहाल नेपाल समुहको मशाल जुलुश सफल

   २६ माघ २०७७, सोमबार १९:०५  

 

रौतहट, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगमनकारी कदमको विरुद्धमा निरन्तर रुपमा सडक तताउदै आएको नेकपा दहाल नेपाल समुहले रौतहट सदरमुकाम गौरमा सफलतापूर्वक मसाल जुलुश निकालेर विरोध प्रदर्शन गरेका छन् ।


निर्धारित कार्यक्रम अनुसार सोमवार साँझ ५ बजे देखि मशाल जुलुश निकाल्ने कार्यक्रम भएपनि गौरको चप्पा चप्पामा सुरक्षाकर्मीहरु तैनाथ गरेर मशाल जुलुशलाई विफल पार्न उद्देश्य भएपनि नकपा दहाल नेपाल समुहको गौर नगरको संयोजक विक्रान्त विक्रम नेपालको नेतृत्वमा सुरक्षाकर्मीहरुलाई छकाउदै मशाल जुलुश कार्यक्रम सफल बनाएका हुन् ।
स्थानीय विपी चोकबाट दहाल नेपाल समुहका नगर संयोजक नेपालको नेतृत्वमा निकालिएको मशाल जुलुश सुरक्षाकर्मीहरुलाई झुक्याउदै प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गर्दै चर्का नारावाजी गरी गौर नगरपरिक्रमा गरिएको र भोलीको वृहद विरोध प्रदर्शनमा उल्लेख्य संख्यामा जनताहरुलाई उपस्थित हुन समेत आहवान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै