काबुल । अफगानिस्तानको मजार—ए—शरीफमा गराईएको बम विस्फोटको जिम्मेवारी आईएसआईएल (आईएसआइएस) ले लिएको जनाएको छ ।
मजार—ए—शरीफ मा गराइएको आक्रमणको प्रतिक्रियामा अफगानिस्तानमा महिला र मानव अधिकारका लागि अमेरिकी विशेष दुतले तालिबानी शासकले आफनो जनताको सुरक्षा सुनिश्चित गर्न यस प्रकारको बम विस्फोट सहितको अत्याचारको घटना माथि नियन्त्रण गर्नुपर्ने बताएको हो ।
बाल्ख प्रान्तमा मे २५ मा बुधवार तीन वटा बम विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । स्थानीय स्रोतका अनुसार पहिलो दुई विस्फोट हजारा छिमेकमा रहेको यात्रुवाहक सवारी साधनलाई लक्षित गरी गरिएको थियो ।
आईएसआईएलले मजार–ए–शरीफमा आक्रमणको जिम्मेवारी लिएको आमक समाचार एजेन्सीले जनाएको छ । आमक समाचार एजेन्सीले बारम्बार आईएसआईएल सँग सम्बन्धित प्रचार र गतिविधिहरू प्रसारण गर्दै आएको छ । काबुल र बाल्खमा बुधवार भएको बम विस्फोटको प्रतिक्रियामा अफगानिस्तानमा महिला र मानव अधिकारका लागि अमेरिकी विशेष दूत रिना अमिरीले ट्विटमा ’मजार र काबुलमा भएका जघन्य आक्रमणहरूले पर्याप्त पीडा भोगेका निर्दोष अफगानीहरूलाई थप विनाश गराउनु बाहेक कुनै उद्देश्य नभएको’ बताइन ।
’यी भयङ्कर आक्रमणहरू रोक्न र सबै अफगानहरूको सुरक्षा र आवश्यकताहरूलाई सम्बोधन गर्ने कुरामा तालिबान केन्द्रित हुनुपर्छ,’ अमिरीले टिप्पणी गरिन् । थप रूपमा, काबुलको चौथो पुलिस जिल्लाको ट्राफिक स्क्वायरमा भएको विस्फोटमा हजरत जेकरिया मस्जिदमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।
इमर्जेन्सी अस्पतालले २२ जना घाइते भएको र ५ जनाको अस्पताल पुग्नुअघि नै बाटोमै मृत्यु भएको जनाएको छ । हजरत जेक्रियामा भएको विस्फोटको जिम्मेवारी भने कुनै समूह वा व्यक्तिले लिएको छैन । तालिबानले सन् २०१४ देखि अफगानिस्तानमा सक्रिय रहेको आईएसआईएसको खोरासान शाखाबाट गम्भीर सुरक्षा खतराको सामना गरिरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन