सर्लाहीको कार दुर्घटनामा परेर रौतहट वृन्दावन नपाको एक बालकको मृत्यु ७ घाइते

   ५ असार २०७९, आईतवार १४:०८  

सर्लाही, ५ असार । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्वर ५ स्थित छठीघाट पुलमा शनिवार राति कार दुर्घटना हुँदा एक बालको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
जिल्लाको ग्रामिण भेग बलरा नगरपालिकाको छतौनाबाट नुवारनको भोज खाएर रौतहटको वृन्दावन नगरपालिकाको हरैयातर्फ फर्किने क्रममा शनिवार राति १ बजेको समयमा विआर ०५ एआर ५१३७ नम्वरको कार धनौकौला गाउँपालिका स्थित छठीघाट पुलमा दुर्घटना हुँदा चार बर्षिय बालकको घटनास्थलमै मृत्यु भएका हुन् ।
वृन्दावन नगरपालिका ४ हरेया गाउँका शुभलाल यादवको ४ बर्षिय छोराको मृत्यु भएको जानकारी दिदै इलाका प्रहरी कार्यालय बरहथवाले
जिल्लाको दक्षिण पश्चिम भेगस्थित धनकौल गाउँपालिका–५, छठीघाट पुलमा शनिबार राती कार दुर्घटना हुँदा चार वर्षीय बालकको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनमा परेर हरैया गाउँको ७० वर्षीय महेन्द्र राय, ४ वर्षीय अमित कुमार यादव, १४ वर्षीया मीरा कुमारी यादव, ३२ वर्षीय जितेन्द्र कुमार यादव, १७ वर्षकी शोभा कुमारी यादव, १० वर्षीय गौतम यादव र ६ वर्षीय अनिकेत यादव घाइते भएका छन् । घाइतेमध्ये ७० वर्षीय महेन्द्र रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको बरहथवामा उपचार भईरहेको छ ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक चन्देश्वर यादवले दुर्घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको बताए । दुर्घटनापछि कारका चालक फरार भएका छन् । चालकसहित नौ जना सवार कार पुलबाट करिव १५ फिट तल खसेर दुर्घटना भएको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै