मजुङ्ग, ५ असार । भनिन्छ मानवमा जन्मिएपछि एक दिन सबै वृद्धवृद्धा हुन्छन, बुढेशकालको सहारा बन्न अहिले धेरै जना हिचकिचाउने गर्दछन् तर यस्तै अनुकरणीय कार्य गरेवापत बुहारीलाई सम्मान गरेका छन् ।
वृद्ध सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीहरूलाई लमजुङमा सम्मानित गरिएका हुन् । ज्येष्ठ नागरिक समाज, भोटेओडारको नवौँ साधारण सभाको अवसरमा आइतबार आयोजित कार्यक्रममा बुहारीहरूलाई सम्मान गरिएको छ ।
आफना वृद्ध सासुससुरालाई राम्रो व्यवहार, हेरचाह, स्याहारसुसार गर्ने बुहारीहरूलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुँवरले बताए । सुन्दरबजार नगरपालिका–९ की रविकला अधिकारी, मधु आचार्य खनाल र लक्ष्मी भुजेललाई सम्मान पत्र सहित दोसल्ला ओढाइ सम्मानित गरिएको हो ।
यस्तै, सुन्दरबजार नगरपालिका ९ की पूर्णकुमारी अधिकारी र चन्द्री गुरुङलाई पनि समाजले सम्मानित गरेको छ । सो कार्यक्रमको अवसरमा समाजले ७९ वर्षदेखि ९० वर्ष उमेर समूहका २० जना वृद्धवृद्धालाई दोसल्ला ओढाइ लौरो, टर्च लाइट र च्यवनप्रास प्रदान गरिएको छ ।