मधेश प्रदेशमा काँग्रेस र एमाले प्रति जनताले देखाए विश्वास

288 Shares

रौतहट, ५ असार । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेलाई २०७४ को भन्दा यसपालीको निर्वाचनमा मत प्रतिशत बढेको छ ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी ८ जिल्ला भएको मधेश प्रदेशका जनताहरुले नेपाली काँग्रेस पछि नेकपा एमाले प्रति विश्वास देखाएको हो । जनता समाजवादी पार्टीलाई मत प्रतिशत नबढेपनि खासै घाटा लागेको छैनन् तर माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी प्रति २०७४ को भन्दा कम प्रतिशत मत यसपाली प्राप्त भएको एक तथ्याँकबाट सार्वजनिक भएका छन् ।
मधेश आन्दोलन पछि मधेश प्रदेशमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीको मत प्रतिशत निकै खस्किए । जनता समाजवादी पार्टी र लोसपालाई पत्याएर मधेश प्रदेशका मतदाताहरुले अमूल्य मत प्रदान गरे पनि जनताहरुको इच्छा आकाँक्षा माथि खरो उत्रन नसकेका यी दलहरु प्रति विश्वास उठेपछि सोको फायदा नेपाली काँग्रेस र एमालेलाई भएको देखिन्छ ।
जनता समाजवादी प्रति अहिले जनताहरुको आशा भरोसा जिवितै रहेको मत परिणामको प्रतिशतबाट बुझ्न सकिन्छ तर माओवादी केन्द्र र लोसपा प्रति आशा भरोसा उठेको उक्त तथ्याँकले स्पष्ट पारेका छन् ।
नेकपा एमालेको मधेशका अनुहारका रुपमा रहेका स्थायी समिति सदस्य प्रभु साहले नेपाल कम्युनिष्ट पार्टी फुटेपछि मधेशमा एमाले हराएर जाने जुन मिथ्या हल्ला फिजाइएका थिए त्यो जनताहरुले पार्टी प्रति देखाएको भरोसा प्रति आभार व्यक्त गरे । आउन लागेको संघिय र प्रदेशको निर्वाचनमा नेकपा एमाले मधेश प्रदेशमा राम्रो स्थान हाँसिल गर्ने बताउदै पार्टीको संगठन विस्तारमा ध्यान केन्द्रीत गरेर कार्यकर्ताहरुलाई परिचालन गरिएको उनले बताए ।
नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले नेपाली काँग्रेसको जन्म मधेशमै भएकोमा माइती घरबाट पाएको अमूल्य मत दिने मतदाताहरु प्रति आभार व्यक्त गर्दै आउन लागेको संघिय र प्रदेशको निर्वाचनमा ८ वटै जिल्लामा काँग्रेसलाई पहिलो पार्टी बनाएर छाड्ने बताए । मधेशमा रहेको नागरिकता समस्यालाई नेपाली काँग्रेसले समाधान गरेर छाड्ने प्रतिबद्धता जनाउदै मधेशको समस्या काँग्रेसको समस्या रहेको हुँदा यसै अधिवेशनबाट समाधान गरेर देखादिने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार