काठमाडौं, ६ असार । आम उपभोक्ताको कम्मर भाँचिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको गरेको छ जुन आईतवार मध्य राति देखि लागू भएको छ ।
निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
भारी मूल्यबृद्धिबाट एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ कायम भएको छ ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।
यसरी पटक पटक मूल्यवृद्धि गरेर देउवा सरकारले आम नेपाली उपभोक्तालाई राहत दिनुको साटो महगाई चपेटामा परेर के गर्न खोजिएको होला ? नेपाल कहि बिस्तारै विस्तारै श्रीलंका बन्ने अवस्थामा त गइरहेको छैन् आशंका हुनु स्वभाविक हो ।
यस्तो सरकारबाट जनताहरु कसरी राहत पाउन सकिन्छ आश नगरौं ।