चीनद्धारा भारतको प्रशंसा

371 Shares

यीतेन्द्र शर्मा
नेपालको दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीन विश्वका दुई उदाउँदा शक्ति राष्ट्र छन् । यी दुई देशबीच सन् १९६२ मा युद्ध पनि भईसकेको छ । कतिपय मामिलामा यी दुई देशबीच अन्र्राष्ट्रिय मन्चहरुमा पनि प्रतिस्पर्धा भईरहेको हुन्छ तर केही विषयमा यी दुई ठुला राष्ट्रवीच समन्वय पनि देखिन्छ । हालै चीनले भारतको प्रशंसा गर्नु यसको एउटा प्रमुख उदाहरण हो । गत साता चीनले भारतको प्रशंसा गर्दै भन्यो कि श्रीलंकालाई वर्तमानको आर्थिक संकटवाट बाहिर आउन भारतले गरेको ठुलो सहयोग महत्वपूर्ण छ । श्रीलंकाली राष्ट्रपति गोटाबायो राजापाक्षेले पनि बेईजिंग अब दक्षिण एशियाका देशहरु पाकिस्तान समेतको वास्ता नगरी दक्षिण पूर्व एशियातिर आफनो ध्यान केन्द्रित गरेको तथा यसलाई नै आफनो प्राथमिकतामा राखेको दुखेसो प्रकट गरे । जबकी दक्षिण एसिया अहिले पनि गरिबी भन्दा बाहिर आउन सकेको छैन । श्रीलंका सन् १९४८ मा ब्रिटेनवाट स्वतन्त्र भएको झण्डै साढे सात दशकमा यति ठुलो आर्थिक संकटको सामना कहिल्यै गरेको थिएन । आर्थिक संकटकै कारण त्यहाँका जनता अव सडकमा आएर राष्ट्रपति राजापाक्षेको समेत राजीनामा मागि रहेका छन् ।
चिनिया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिज्यानले पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिदै भनेकि भारतले श्रीलंकालाई वर्तमानको आर्थिक संकटवाट बाहिर आउनमा ठुलो सहयोग गरि रहेको छ । श्रीलंकामा ठुलो आर्थिक लगानी गरिसकेको चीनले वर्तमानको आर्थिक संकटको अवस्थामा श्रीलंकालाई सहयोग गर्नवाट किन पन्छिन खोजिरहेको छ ? भन्ने प्रश्नको जवाफमा उनले चीन त भारत सहित अन्तर्राष्ट्रिय समुदायका अन्य सदस्यहरुको सहयोगवाट समेत श्रीलंकालाई संकटवाट बाहिर ल्याउने पक्षमा रहेको जवाफ दिए । भारतले श्रीलंकालाई ३ विलियन डलरको ऋण सहयोग उपलब्ध गराएको छ । चिनिया ऋणको हिसाब गर्दा अहिले श्रीलंकाको माथि ५१ बिलियन डलरको ऋण रहेको छ । हुनत चीनले पनि ७३ मिलियन डलरको सहयोग गर्ने घोषणा गरेको छ तर श्रीलंकाली राष्ट्रपति राजापाक्षेको यस आग्रह वारे अहिले सम्म कुनै जवाफ दिएको छैन जसमा उनले साढे दुई बिलियन डलरको ऋण चुक्ता गर्ने अवधिमा उदारता देखाउन भनेको थिए । पत्रिका ब्लुमवर्गलाई दिएको अन्तरवार्तामा राजापाक्षेले श्रीलंका अव चीनको १.५ डलर बिलियन ऋणको पासोमा पार्न नचाहेको तर आवश्यक खाद्यान्नको खरिदका लागि राष्ट्रपति सि जिनपिंगसित १ विलियन डलर ऋणको माग अवश्य पनि गरिएको बताए । अघि देखि नै चीनको ऋणमा डुबि सकेको श्रीलंका थप ऋण लिन नचाहेको बताए । उनले आफनो रणनीतिक प्रभावलाई दुष्टिगत गर्दै चीन अब दक्षिण पूर्व एशिया, फिलिपिन्स, भियतनाम, क्याम्बोडियाका क्षेत्र र अफ्रिकामा आफनो ध्यान केन्द्रित गरिरहेको विश्लेषण गर्दै चीनको अभिरुची अब विगतमा जस्तो दक्षिण एशियामा नदेखिएको र यसको असर पाकिस्तानमा पनि देखिएको बताए ।
श्रीलंका र पाकिस्तान नै अहिले दक्षिण एशियामा चीनको सबै भन्दा ठुलो ऋणी रहेको छ । श्रीलंकाले चीनसित आठ देखि १० विलियन डलर ऋण लिएको छ जबकी एम्लो सिपेकमै चीनले पाकिस्तानलाई ६० विलियन डलर ऋण लिन दिने प्रतिबद्धता जनाई सकेको छ । जबकी भारतले यस कारण ठुलो आपति जनाउँदै आएको छ कि पाकिस्तानको नियन्त्रणमा रहेको कश्मिरमा भारतको पनि दावी रहेकोले चीन यस क्षेत्रमा विकास कार्य गर्नु हुँदैन ?
श्रीलंकाली राष्ट्रपतिले चीन माथि दक्षिण एशियाको उपेक्षा गर्दै पूर्व एशियातिर ध्यान केन्द्रित गरेको भने प्रश्नको जवाफमा चिनिया प्रवक्ताले यस्तो नरहेको तथा चीन दक्षिण एशियाको पनि विकास चाहेको भन्दै कोभिड सकटको बेलामा चीनले गरेको सहयोग र बीआरआई अन्तर्गत भई रहेको विकास कार्यलाई चिनिया विदेश मन्त्रालयका प्रवक्ताले उदाहरणको रुपमा प्रस्तुत गर्नु भयो । गत साता नै श्रीलंकाका लागि भारतका उच्च आयुक्त गोपाल बाग्लेले ४० हजार मेट्रिक टन इन्धनको आपूर्ति विषयमा सम्झौतामा हस्ताक्षर गरे संकटको घडीमा श्रीलंकालाई भारतले गरिरहेकोको सहयोगको प्रशंसा भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।