306
Shares
सर्लाही, ६ असार । सर्लाहीको हरिवनबाट पाँच जना जुवाडेलाई सर्लाही प्रहरीले नगद रुपैया सहित पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन नगरपालिका वडा नम्वर ११ स्थित बजारमा रहेको खुशराज उप्रेतीको घरमा जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई आईतवार साँझ पक्राउ गरेका थिए ।
हरिवन नगरपालिका ११ का दुर्गा बहादुर कार्की, मोतिलाल बोम्जन, शिवशंकर साह, हरिवन नगरपालिका ९ का झनकप्रसाद उप्रेती र कमलबिक्रम कार्कीलाई ३८५०० रुपैया सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी प्रविण पोखरेलले जानकारी दिए । इप्रका हरिवनको हिरासतमा रहेका उनीहरुविरुद्ध सोमवार जिल्ला प्रशासन कार्यालय मलंगवाबाट म्याद थप गराएर आवश्यक अनुसन्धान भईरहेको उनले भने ।