स्वास्थ्य क्षेत्रमा पनि आइएमई र स्टीम सेन्टर विच सम्झौता गरेर आम उपभोक्तालाई सेवा प्रदान गर्ने सम्झौता

   ६ असार २०७९, सोमबार १८:१५  

काठमाडौं, ६ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड स्टीम सेन्टर विच सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
आइएमई जनरल इन्योरेन्स लिमिटेडका प्रमुख कार्यकायरी अधिकृति युगेश भक्तबादे श्रेष्ठ र स्टीम सेन्टरका अध्यष डा बजरंगकुमार रौीनयार विच एक समारोहका विच हस्ताक्षर भई सम्झौता भएको हो ।
सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी र ग्राहक महानुभावहरुलाई स्टीम सेन्टर बत्तीसपुतली काठमाडौंमा प्राप्त हुने सेवाहरु पैथोलोजी परिक्षण, रेडियोलोजी परिक्षण, फारमेशी डेन्टल, तथा अफथोमोलोजिकलको प्रोडक्टमा १५ प्रतिशतको छुट प्राप्त गर्न सकिने छ । सोही अवरमा स्टीम सेन्टरबाट प्राप्त हुने पैथोलोजीको १८९ भन्दा बढी सेवाहरु प्रदान गरिने बताइएको छ ।
यस्तै रेडियोलोजीको ८१ भन्दा बढी र डेन्टलको ३७ भन्दा बढि किसिमको परिक्षण गरिने सेवामा समेत १५ प्रतिशतको छुट पाउने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहक महानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने सो संस्थाले जनाएको छ ।
यस्तो सुवर्ण अवसरलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले स्टीम सेन्टर संग आबद्ध लगानी कर्ता कर्मचारी तथा ग्रहकहरुलाई आवश्यक पर्ने निर्जीवन वीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेस लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सकिने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै