राजदेवी (रौतहट) ६ असार । रौतहटको १८ स्थानीय तह मध्ये राजदेवी नगरपालिकाले निर्धारित समय भन्दा अगावै नगरअधिवेशन सम्पन्न गरेको छ ।
राजदेवी नगरपालिकाको कार्यालयमा सोमवार आयोजित आठौ नगरसभाबाट ३९ करोड १६ लाख ८ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको हो । आर्थिक बर्ष २०७९÷०८० को अनुमानित बजेट प्रस्तुत गर्दै नगरप्रमुख भिखारी राय यादवले वित्तिय समानीकरण अनुदानमा १२ करोड २० लाख, सशर्त अनुदान पुजिंगतमा २ करोड ५२ लाख, समपुरक अनुदानमा ७० लाख, विशेष अनुदान २ करोड, राजस्व बाँडफाँडमा ८ करोड २० लाख ९२ हजार, सशर्त अनुदान चालुमा १९ करोड ३१ लाखको आय व्यय प्रस्तुत गर्नुभएको हो ।

नवनिर्वाचित मेयर यादवले विगतमा भएका कमीकजोरीलाई पर्दाफास गरेर नगरवासीको इच्छा आकाँक्षा अनुरुप काम गरेर समृद्ध नगरपालिकाको रुपमा प्रस्तुत गर्ने अभिभारा राजदेवी नपाको जनताले दिएकोमा त्यसलाई पुरा गरेर देखाउने प्रतिवद्धता जनाए ।
सो कार्यक्रममा मधेश प्रदेशका पर्यटन पुर्वाधार तथा वन राज्य मन्त्री नागेन्द्र राय यादव, भुमी व्यस्था समितिका अध्यक्ष लक्ष्मण रेग्मी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको उस्थिति रहेको थियो ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन