विहारमा नेपाली वालिकाको बलात्कार पछि हत्या ः थानाध्यक्ष निलम्बन

रौतहट, २७ माघ । भारतको बिहारमा नेपाली बालिकाको बलात्कार पछि हत्या गरेको घटना सेलाउनमा स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बन गरिएको छ ।
विहारको पुर्वी चम्पारण जिल्लाको मोतिहारी प्रहरीका एसपी नवीन चन्द्र झाले कुण्डवा चैनपुर थानाका प्रमुख सञ्जीव कुमार रञ्जनलाई निलम्बन गरेको भारतीय संचारमाध्यमहरुले जनाएको हो ।
उनी माथि आरोपी सँग मिलेको र पीडितको जाहेरी लिन अस्वीकार गरेको आरोप लागेको छ । आरोपी र थाना प्रमुख रञ्जन बीचको अडियो कुराकानी सार्वजनिक भएपछि निलम्बन गरिएको बताइएको छ ।