अगर्वामा धारिलो हतियारले घाँटी रेटेर अगर्वामा अमरेन्द्रको हत्या

236 Shares

कविलासी (सर्लाही), ७ असार । सर्लाहीको कविलासी नगरपालिकामा धारिलो हतियारबाट घाँटी रेटेर सोमवार राति २४ बर्षिय युवकको हत्या गरिएको छ ।
सर्लाही जिल्लाको कविलासी नगरपालिका वडा नम्वर ८ अगर्वा गाउँका २४ बर्षिय अमरेन्द्र ठाकुर लोहारको अज्ञात समुहले धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव मंगलवार विहान फेला परेको हो ।
अगर्वा चोक भन्दा २ सय मिटर पश्चिममा बाँसघारी नजिक रगतमा लतपटिएको अवस्थामा मंगलवार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । सोमवार अगर्वा चोकमा फर्निचरको पसल संचालन गर्दै आएका ठाकुर खाना खान राति निस्कीएको तर राति अवेर सम्म घरमा नपुग्दा परिवारजनले निकै खोजबीन गर्दा समेत फेला परेनन ।
आज विहान शव स्थानीयले देखेपछि जिल्ला प्रहरी कार्यालय मलंगवाको टोली आएर घटना स्थललाई नियन्त्रणमा लिई युवक ठाकुरलाई घाँटी रेट्ने अज्ञात समुहको पहिचानको लागि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुर झिकाएर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रवक्ता एवं डिएसपी माधवप्रसाद बढाथोकीले मृतक ठाकुरको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमका लागि पठाइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार