नयाँ दिल्ली । नेपाली किसानहरुको पिडा मर्कालाई मध्यनजर राख्दै भारत सरकारले नेपाललाई १.७ रासायनिक मल सहयोग गर्ने भएको छ ।
भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार छिमेकी देशका किसानहरु रासायनीक मलको अभावमा भोग्दै आएको कठिनाईलाई मध्यनजर राख्दै भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डिएपी) मल सहयोग गर्ने भएको हो । छिमेकी देश नेपाललाई यही बर्ष उक्त परिमाणको रासायनिक मल पठाउने भएका छन् ।
त्यस्तै भारतले अहिले एक अर्ब अमेरिकी डलर ऋण अन्तर्गत श्रीलंकालाई पनि ६५ हजार टन युरिया मल आपूर्ति गर्ने जनाइएको छ । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहयोग गरिरहँदा नेपाललाई भने चीनबाट सहयोग लिनु अघि नै रणनैतिक रुपमा मल सहयोग गर्न लागिएको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख गरिएको छ ।
स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारमा भारतले १.२ लाख टन युरिया र ५० हजार टन डीएपी मल पठाउने छ । त्यस्तै भुटानलाई पनि भारतले ५३ सय टन डीएपी मल पठाउन लागेको जनाइएको छ । रासायनिक मल निर्यातमा प्रतिबन्ध रहिरहँदा पनि भारतबाट युरिया मल पाउने श्रीलंका नेपाल पछि दोस्रो देश रहेको बताइएको छ ।
नेपालले दुई देशबीच भएको समझदारी अनुसार रासायनिक मल पाउन लागेको हो ।