भारतीय साँस्कृति टोली काठमाडौंमा

875 Shares

काठमाडौं, ७ असार । नेपाल भारत बीच साँसकृति सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउने उद्देश्यबाट भारतीय साँस्कृतिक टोली नेपालको तीन दिने भ्रमणमा काठमाडौ आइपुगेका छन् ।
भारतीय साँस्कृतिक सम्बन्ध परिषदका अध्यक्ष डा. विनय सहस्रबुद्धले नेपालका उच्च अधिकारीलाई भेटेका हुन् ।
उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भेटेर नेपाल–भारतबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गर्ने छन् ।
सहस्रबुद्धे पशुपतिनाथ मन्दिर परिसरमा आज आयोजित अन्तर्राष्ट्रिय योग दिवस २०२२ को सुरुवाती कार्यक्रममा समेत सहभागी भए । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
पशुपति क्षेत्र विकास कोष र पतञ्जलि योगपीठसँगको सहकार्यमा गरिएको सो कार्यक्रममा पतञ्जलि योगपीठका झण्डै १५० जना सहभागी थिए । डा. सहस्रबुद्धेले ‘सम्पर्क भारत–नेपाल भूतपूर्व विद्यार्थी सञ्जाल’ का २०० भन्दा बढी सदस्य सँग कुराकानी समेत गरे । कुराकानीका क्रममा उनले नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन नेपाली विद्यार्थीले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाबारे चर्चा गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार