क्षमता अभिवृद्धि गराउने उद्देश्यबाट चिकित्सक संघको पदाधिकारी सहित युवा चिकित्सकहरु भारत प्रस्थान

313 Shares

काठमाडौं । चिकित्सक संघको नेतृत्वमा युवा चिकित्सकहरुको एक जम्बो टोली भारत भ्रमणको लागि प्रस्थान गरेका छन् ।
नेपाल चिकित्सक संघको अध्यक्ष डा. लोचन कार्कीको नेतृत्वमा संघका पदाधिकारीहरु र ४६ जना युवा चिकित्सक सहितको जम्बो टोली भारत प्रस्थान गरेका हुन् ।
भारतको चण्डीगढ स्थित स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान (पीजीआई) मा क्षमता अभिवृद्ध तालिममा सहभागी हुन् ४६ चिकित्सक सहित चिकित्सक संघका पदाधिकारीहरू त्यस तर्फ गएका छन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्की, उपाध्यक्ष अनिल बिक्रम कार्की, महासचिव डा. बद्री रिजाल सहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली हुँदै चण्डीगढ तर्फ लागेको छ । उनीहरू अहिले विमान मार्फत दिल्ली प्रस्थान गरेका छन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार एकहप्ते नेतृत्व विकास (लिडरसीप डेभलपमेन्ट) र क्षमता अभिवृद्ध कार्यक्रम (क्यापासिटी विल्डिङ प्रोग्राम) मा पहिलो पटक ४६ चिकित्सक पीजीआई चण्डीगढ प्रस्थान गरेका छन् ।
नेपाल चिकित्सक संघ (एनएमए) र नेपाल स्थित भारतीय दूतावास मार्फत पीजीआई चण्डीगढ सँग भएको सम्झौता बमोजिम ४६ जना युवा डाक्टर भारत लगिएको अध्यक्ष डा. कार्कीले बताए । विधा अनुसारको तालिम लिन नेपालबाट लगातार चिकित्सकहरु भारत पठाउने उनको भनाइ छ ।
भारतीय दूतावास अन्तर्गत रहेको आईटेक भन्ने कार्यक्रम छ । आईटेकले, चिकित्सा, कानुन, इन्जिनियरिङ लगायतका विषयमा तालिम दिन्छ । आईटेक र मेडिकल एसोसिएसन बीच नेपालका युवा चिकित्सकहरुलाई विभिन्न विधामा आवश्यकता अनुसार तालिममा पठाउने सम्झौता भएको छ’, अध्यक्ष डा. कार्कीले भने, कोभिडको कारण यो काम हुन सकेका थिएन । अब हाम्रो आवश्यकता अनुसार निरन्तर डाक्टरहरु भारत पठाइन्छ ।’,
२५ वर्षदेखि ४५ वर्षसम्मका युवा डाक्टरहरु उक्त तालिममा सहभागी हुन पाउने डा. कार्कीले जानकारी दिए । एकहप्ते, दुईहप्ते, एक महिने, तीन महिने विभिन्न खाले तालिम दिन नेपालबाट १५ सय चिकित्सक लाने कुराकानी भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार