विभिन्न समयमा अपराध गरेर फरार रहेका चार जना प्रतिवादीहरु प्रहरी नियन्त्रणमा

594 Shares

तराई टप संवाददाता
रौतहट, २८ माघ । विभिन्न समयमा अपराधिक कार्य गरेर फरार रहेको चार जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।
अपहरण तथा शरीर बन्धक, खाद्य सम्बन्धी मुद्दा र लागु औषध मुद्दामा कैद सजाय पाएर पनि फरार रहदै आएका चार जना प्रतिवादीहरुलाई विभिन्न स्थानहरुबाट नेपाल प्रहरीको विभिन्न प्रहरी युनिटहरुले नियन्त्रणमा लिई रौतहट जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।


अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका गुजरा नपा ७ प्रतापपुर पल्टुवाको ३७ बर्षिय महम्दीन अंसारी, लागत नं २८३ खाद्य सम्बन्धि मुद्दामा १ लाख ३२ हजार २९४÷६४ जरिवाना भएपछि फरार भएको प्रतिवादी चन्द्रपुर नपा ५ को ५२ बर्षिय गणेश घिमिरे, लागत नं. २०८५ लागु औषध मुद्दामा २ महिना कैद र १४४५० जरिवाना भएका फरार प्रतिवादी चन्द्रपुर ६ बस्ने बर्ष ३० को संजिव ठोकर तथा लागत नं. १९१२ लागु औषध मुद्दामा १२२५ जरिवाना भएका चन्द्रपुर ६ बस्ने अर्जुन लामा भन्ने मंगल बहादुर लोप्चनलाई उनीहरुकै ठेगानाबाट विशेष सुराकीको आधारमा पक्राउ गरी अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार