भारतीय दूतावासमा आयोजित योग अभ्यासमा सहभागी भए प्रधानमन्त्री देउवा

   ७ असार २०७९, मंगलवार १६:३९  

काठमाडौं, ७ असार । अन्तरराष्ट्रिय योग दिवशको अवसरमा भारतीय दूतावासमा आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भए ।
अन्तरराष्ट्रिय योग दिवस हरेक बर्ष २१ जुनमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । सोही अवसरमा भारतीय दूतावासमा आयोजित योग अभ्यास शिविरमा प्रधानमन्त्री देउवा सहभागी भएको हो ।
संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै