रौतहट, ७ असार । रौतहट जिल्लाको १८ वटै पालिकामा अन्तरराष्ट्रिय योग दिवश भव्यताका साथ मनाइएका छन् ।
संयुक्त राष्ट्र महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ तारेखलाई अन्तरराष्ट्रिय योग दिवसको रुपमा मनाई आम मानिसको जीवनमा योग कतिको महत्वपूर्ण हुन्छ त्यसलाई अंगिकार गर्न र गराउनका निमित्त योग दिवसको प्रचलन सुरु गरिएका हुन् ।
रौतहटको दुर्गा भगवतीको सरस्वती माध्यमिक विद्यालय परिसरमा मंगलवार “मानवताको लागि योग” मूल नाराका साथ योग अभ्यासको कार्यक्रम आयोजना गरियो । योग अभ्यास कार्यक्रमको औपचारिक रुपमा गाउँपालिका अध्यक्ष शम्भु सिंहले उदघाटन गर्दै मानव जीवनलाई योग अति नै महत्वपूर्ण हुने भएको हुँदा हरेक मानिस प्रत्येक दिन विहानै कम्तीमा एक घण्टा योग अभ्यास गरेमा निरोगी, दिर्घायु र स्वस्थ रहने छन् त्यसै अनुरुप आजै देखि योग अभ्यास गर्ने संकल्प लिनुपर्ने जिकिर गरे ।
योग अभ्यासको मुख्य अतिथि बयोवृद्ध, शिक्षाविद कृष्णबहादुर पाण्डेले विश्वमा अहिले योग प्रति धेरै रुची बढेको छ, मानिसहरु दैनिक क्रियाकलापमा योगलाई समावेश गरेको छ, योग विनाको जीवन अधुरो हुने छ, योगबाट मानिसलाई निरोगीको साथै शरिरलाई बाह्य हस्तक्षेप हुने छैन र मानिस दिर्घायु हुने भएकोमा अहिलेको युवापुस्तालाई योग अति नै महत्वपूर्ण रहेको स्पष्ट पारे ।
आठौँ अन्तरराष्ट्रिय योग दिवस दुर्गा भगवती गाउँ पालिकाको पिपरा आयूर्वेद औषधालय को आयोजनामा, दूर्गा भगवती गाउँ पालिका रौतहट को सहयोग एवं पतञ्जलि योग समिति दूर्गा भगवती गाउँ पालिका रौतहटको सहकार्य मा सरस्वती मावी पिपराभलोहियामा सम्पन्न भएको छ । योग अभ्यासमा गाउँपालिकाको उपाध्यक्ष सिला देवी, वडा नम्वर ३ का अध्यक्ष धर्मेन्द्रकुमार झा (डिके), वडा नम्वर ४ का अध्यक्ष रामानन्द यादव, पतंजली योग पिठका लक्ष्मी नारायण पाण्डे तथा आचार्य गंगाधर झा, औषधालय प्रमुख वरिष्ठ कविराज निरीक्षक अधिकृत सातौँ तहका परमानन्द पाठक, आलोक पाण्डे, वेदानन्द ठाकुर, अशोक झा, पूर्व शिक्षक एवं जनमत पार्टीका विनय बर्मा सहितको ५० जना भन्दा बढि महानुभावहरुको उपस्थितिमा योग अभ्यस गरेर दिवस मनाइएको आयुर्वेद औषधालका प्रमुख पाठकले जानकारी दिए ।
यसैगरी गौर, गरुडा, चन्द्रपुर, राजदेवी, इशनाथ, राजपुर, परोहा, मौलापुर, बौधीमाई, देवाहीगोनाही, फतुवा विजयपुर, गुजरा, कटहरिया, वृन्दावन, गढीमाई, माधवनारायण नगरपालिका र यमुनामाई गाउँपालिकामा योग दिवस मनाइएका छन् ।