अफगानिस्तानमा गुरुद्वारामाथि आक्रमण

263 Shares


यितेन्द्र शर्मा
अफगानिस्तानको राजधानी काबुलस्थित गुरुद्वारा श्री करते परवान मा हालै गरिएको भीषण आतंककारी हमलामा एक सिख श्रद्धालुसहित दुई जनाको निधन भएको छ जबकि कम्तीमा पनि सात जना घाइते भएका हुन् । सतर्कताको दृष्टिकोणले पवित्र गुरु ग्रन्थ साहिबलाई गुरुद्वाराबाट अन्यत्र सुरक्षित स्थानमा पु¥याउने काम भएको छ । हाल कसैले यसको नैतिक जिम्मेवारी लिएको नभएपनि आतंककारी संगठन इस्लामिक स्टेट खुरासान (आईएस–के) ले यस्तो गरेको हुनसक्ने आशंका रहेको छ । यस आक्रमणपछि अफगानिस्तानमा रहेका अल्पसंख्यक सिख, हिन्दु र इशाईहरु आफुलाई असुरक्षित महसुस गरिरहेका छन् । अफगानिस्तानको पुननिर्माणमा र हालको गम्भिर आर्थिक एवं मानवीय संकटमा पनि सहयोग पु¥याउँदै आएको भारतले भने यस घटनाको सुक्ष्म विश्लेषण गरिरहेको र गहिरो नजर राखेको प्रतिक्रिया भारतका विदेश मन्त्रालयका प्रवक्ता अरबिन्दम बागचीले दिएका छन् । दोषी आक्रमणकारीमाथि उचित कारवाहीको माग र त्यहाँका अल्पसंख्यकहरुको जीउधनको सुरक्षाको माग पनि काबुलको तालिबान सरकारसित गरिएको छ । आक्रमणका कारण त्यहाँका सिख र अन्य अल्पसंख्यक समुदायमा भयमिश्रित आक्रोश रहेको छ ।
काबुलसित गुरुद्वारा करते परवानका सभापति गुरुनाम सिंहका अनुसार बिहानको प्राथना (प्रकाश) मा गुरुद्वाराभित्र ५० जना श्रद्धालुहरु सहभागि थिए । दुई ठुला बिस्फोटका कारण गुरुद्वारा परिसरका केही पसलमा आगलागी पनि भएको थियो । १०–१५ जनाको संख्यामा आएका ती आतंककारीहरुले बिस्फोट गरे लगत्तै भय एवं त्रासको वातावरण उत्पन्न भएको थियो । आतंककारीहरुको शिकार भई एक जना गार्डले पनि ज्यान गुमाउनु प¥यो । काबुलका अधिकांश हिन्दु र सिख यसै करते परबान क्षेत्रमा बसोबास गर्दछन् ।
गएको अक्टोबरमा पनि १५–२० जना आतंककारीहरुले गुरुद्वारामा प्रवेश गरी सुरक्षा गार्डलाई बाँधी आतंक मच्चाउने काम गरेका थिए । सन् २०२० को मार्चमा पनि श्री गुरु हरराय सहिब गुरुद्वारा काबुलको सर्ट बजार क्षेत्रमा आक्रमण गरी २७ जना सिखको हत्या गरेका थिए । जबकि अनेकौँ घाइते भएका थिए । आइएसका आतंककारीहरुले यसको जिम्मेवारी लिएका थिए । यसै महिनाको जुन ११ मा पनि बतखाक क्षेत्रमा काबुलको जिल्लामा गराइएको एक बिस्फोटमा अनेकौ व्यक्ति घाइते भएका थिए । त्यसभन्दा अघि पनि काबुलको जिल्ला ४ मा एउटा साईकलमार्फत बिस्फोट गराइएको थियो । मे २५ मा बल्ख प्रान्तको राजधानीमा गराइएको बिस्फोटमा परी ९ जनाले ज्यान गुमाएका थिए । जबकि १५ जना घाइते भएका थिए । आतंककारीहरुले सोही दिन काबुल शहरकै मस्जिद सरिफ हजरत जाकारियामा बिस्फोट गराएका थिए । जसमा २ जना मारिएका थिए । अफगानिस्तानमा गैर इस्लामिक नागरिक आफुलाई असुरक्षित महसुस गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार