165
Shares
नयाँ दिल्ली । भारतको लागि नेपाली राजदूत र भारतीय सेना प्रमुख विच मंगलवार भेटवार्ता भएको छ ।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
राजदूत शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच सोमबार भएको द्विपक्षीय भेटमा रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल भएको छ ।
‘हामीले द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल ग¥यौँ र भारतीय सेनाले नेपाललाई निरन्तर सहयोग गरेकोमा धन्यवाद दियौं,’ राजदूत शर्माले उल्लेख गरेका छन् ।