गढिमाई नगरपालिकाको आठौं नगरअधिवेशन सम्पन्न, ६५ करोडको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरे नगरप्रमुख श्यामप्रसाद यादव

418 Shares

गढिमाई (रौतहट), ८ असार । गढिमाई नगरपालिकाको आर्थिक बर्ष २०७९÷८० को अनुमानित विकास बजेटलाई समेटिएर बुधवार आठौं नगर अधिवेशन सम्पन्न भएको छ ।
आठौं नगर अधिवेशनमा अगामी आर्थिक बर्ष २०७९÷८० को नीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै गढिमाई नगरपालिकाको नगर प्रमुख श्यामप्रसाद यादवले शिक्षा, स्वास्थ्य, कृषि, सडक, लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गरे ।
नगरमा विगतमा भएका पूर्वाधार निर्माणका कार्यहरुमा कतिपय अधुरो रहेको हुँदा त्यसलाई पुरा गर्ने, बालबालिकाहरु जीवनलाई ख्याल गरी गुणस्तरिय पौष्टिक आधारको व्यवस्थापन गराउने, वृद्ध एवं असहायलाई नगरपालिकाबाट आवश्यक सहयोग गर्ने, दलित आवास योजनालाई अघि बढाउने, विद्युतिय चुल्हो हरेक घरमा पुर्याउने लगायतका योजनाहरु प्रस्तुत गरे ।
गढिमाई नगरपालिकालाई संघिय सरकारबाट प्राप्त भएको बजेट, आन्तरिक आय, प्रदेशबाट आउने आय, समपुरक बजेट, सडक बोर्डको गरी आउदो आर्थिक बर्ष २०७९÷८० को अनुमानित बजेट ६५ करोड बराबरको रहेको नगरप्रमुख यादवले स्पष्ट पारे ।
सो कार्यक्रममा उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य, नगरपालिका बोर्डका सदस्यहरु सहित स्थानीय जनप्रतिनिधिहरुको साथै स्थानीय भद्रभलादमीको उपस्थितिमा आठौं नगर अधिवेशन सम्पन्न भएको गढीमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार