काठमाडौँ, ८ असार । विगत २० बर्ष देखि नेपाली जनताको मन र मुटुमा राज गर्दै आएका स्मार्टच्वाईस टेक्नोलोजिज र विश्वसनीय, सरल भुक्तानी सेवा दिन प्रतिबद्धता जनाएका मोरु डिजिटल वालेट विच स्मार्ट क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता भएका छन् ।
पे नेप (मोरु) को कार्यालय काठमाडौंमा बुधवार आयोजित कार्यक्रममा स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण भुजु र पे नेप (मोरु वालेट) का प्रमुख कार्यकारी अधिकृत आशितोष साह विच स्मार्ट क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता भएका हुन् ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त गरेका स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड प्रतिको विश्वासलाई कायम राख्ने हेतु पे नेप मोरु वालेट डिजिटलले क्यूआर मार्फत भुक्तानीको सेवा विस्तार गर्दा यस वालेटको उपभोक्तालाई निकै सजिलो पुग्ने विश्वासको रुपमा लिएको छ । बर्षौ देखि नेपाली मन र मुटुमा राज गर्दै कार्ड लगायत भुक्तानीका बिभिन्न सेवा दिदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज र विश्वसनीय र सरल भुक्तानी सेवा दिने अठोट बोकेको मोरू डिजिटल वालेट बिच भएको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्न जाने आशाको लिइएको छ ।
भएको सम्झौता संगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले १६०,००० स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन भने मोरू वालेट मार्फत बिभिन्न ब्यापार—ब्यबसाय मा संलग्न व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्ने बताइएको छ । उत्कृष्ट प्रविधिले बनेको फाइनान्सियल स्विच मार्फत कारोबारको भुक्तानी तथा फर्छयौट गर्न मिल्ने भएकाले इएमभि स्ट्यान्डर्डमा आधारित स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज एवं सुरक्षित र भरपर्दो हुनेछन् ।