515
Shares
रौतहट, २८ माघ । विश्व व्यापी रुपमा फैलिएको कोभिडको महामारी सुरु भएदेखि नै चीनले खोप बनाउने प्रयास गरिरहेको छ ।
कोभिड महामारीकै विचमा चिनले आफनो जनतालाई सुरक्षित राख्न खोप निर्माणमा जुटेका थिए सोहीको परिणाम सन् २०२० मा यो आफ्नो जनसङ्ख्यालाई खोप दिने संसारकै पहिलो राष्ट्र बनेको हो ।
अहिले सम्म चीनले अहिले १६ वटा खोपको विकास गरिरहेको छ । ती मध्ये सिनोभ्याक र साइनोफार्म अगाडी देखिएका छन् । चीनले ती खोप आपूर्ति गर्न २० भन्दा बढी देशसँग सहमती गरिसकेको छ ।