काठमाडौं, ८ असार । आइएमई ग्रुपले हवाई उडानमा टिकटमा फेरी नयाँ अफर ल्याएका छन् ।
आईएमई ग्रुपद्धारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्धारा प्रबद्र्धित “आइएमई पे” ले अवाई उडान टिकटमा “उच्च तापक्रममा उच्चत्तम छुट” नामक फ्ल्यास सेल किसिमको अफर मार्फत यात्रुहरुलाई सुविधाको लागि ल्याएका हुन् । “उच्च तापक्रममा उच्चत्तम छुट” मंगलवार र शनिवारको दिन दिउसोको ३ बजे देखि ४ बजे सम्म आइएम ई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाईएस्ट क्यासब्याकको साथै थप ३ सय बोनस पनि पाउने प्रबन्ध मिलाइएको आइएमईद्धारा प्राकाशित विज्ञप्तीमा उल्लेख गरिएका छन् ।
अरु वालेट एपहरु भन्दा बढि क्यासब्याक दिइरहेको आइएमई पे एपले यस अफर अवधीमा भरी साताको २ दिन अर्थात (मंगलवार र शनिवार) केवल १ घण्टाको लागि यो अफर मार्फत थप ३ सय बोनस यात्रुहरुलाई प्रदान गर्ने कम्पनीले जनाएको छ । असार ७ गते देखि शुरु भएको “उच्च तापक्रममा उच्चत्तम छुट” नामक अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा उक्त बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।