जनकपुरधाम, ९ असार । नेपाल भारत बीचको धार्मिक एवं सास्कृतिक सम्बन्धलाई बलियो बनाई धार्मिक पर्यटनको क्षेत्रमा बढावा दिने उद्देश्यबाट रामायण सर्किटमा घुम्न भारतबाट विहिवार रेल जनकपुर धाम आउन आईपुगेका छन् ।
“भारत गौरव पर्यटक रेल” नामक रेल यात्राको क्रममा भारतबाट हिन्दु धर्मावलम्बीहरु आज जनकपुरधाम आएका हुन् । भारतको नयाँ दिल्लीबाट पर्यटन र रेल मन्त्रीले संयुक्त रुप्मा विदा गरेको रेल जनकपुरधाममा विहिवार २ बजे आईपुगेको छ ।
तीर्थयात्रीहरु रात्रि वास गरेर शुक्रवार बसबाट भारतको सीतामढी जाने उनले भने । रामायणमा वर्णन गरिएका सीताराम सित जोडिएको पवित्र स्थलहरुको दर्शन भारत गौरव पर्यटक रेलले गराउने छ । पहिलो पटक सो रेल जनकपुरधाममा आइपुग्दा भव्य स्वागतको गरियो । मधेश प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रालयले यात्रुहरुको स्वागतका लागि विशेष तयारी गरेका थिए ।