आतंकवादी समूहहरूले पूर्व प्रधानमन्त्री इमरान खानको हत्या गर्ने योजना बनाएको खुलासा

   ९ असार २०७९, बिहीबार १५:२४  

इशलामाबाद । आतंकवादीहरुलाई पाल्ने, हुर्काउने देशको रुपमा प्रख्यात रहेका पाकिस्तानको पूर्व प्रधानमन्त्रीको हत्याको योजना बनाइएको खुलासा भएको छ ।
आतंकवादीहरूले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको हत्या गर्ने योजना बनाएका छन् र आतंकीहरुले अफगानिस्तानमा एक हत्यारा सँग सहयोग मागेका छन्, काउन्टर–टेररिज्म विभागको खैबर पख्तुनख्वा शाखालाई उद्धृत गर्दै रिपोर्टका अनुसार विभागले खानको सुरक्षाका लागि सबै सम्भावित उपायहरू गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताइएको छ । ६९ वर्षीय इमरानलाई अप्रिलमा सत्ताबाट हटाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै