पहिलो पटक जनकपुरधाम आईपुगेका “भारत गौरव पर्यटक रेल” का श्रद्धालुलाई भव्य स्वागत

   ९ असार २०७९, बिहीबार १६:०८  

जनकपुरधाम, ९ असार । रामायण सर्किट अन्तर्गत भारतको नयाँ दिल्लाबाट पहिलो पटक “भारत गौरव पर्यटक रेल” विहवार आईपुगेको छ ।
मंगलवार साँझ ७ बजे भारतको राजधानी नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै आज दिउसो जनकपुरधाममा आईपुगेको हो । धार्मिक, साँस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाई प्रवद्र्धनका लागि करिव ५ सय यात्रुहरु सहितको “भारत गौरव पर्यटक रेल” पहिलो पटक जनकपुरधाम आइपुगेका छन् ।
“भारत गौरव पर्यटक रेल” पहिलो पटक धार्मिक रेल जनकपुरधाममा आईपुग्दा मधेश सरकारद्धारा भव्य स्वागतको तयारी गरिएका थिए । सोही तयारीको क्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वन मन्त्री सत्रुघन महतो, जानकी मन्दीरका सह महन्थ रामरोशन दास वैष्णव लगायत विभिन्न संघसंस्थाका पदाधिकारी सहितका जनकपुरबासीले भव्य रुपमा स्वागत गरे ।
जनकपुरधाम आइपुगेका तीर्थालुहरु रामजानकी मन्दिर, राम मन्दीर, गंगा सागरमा हुने गंगा आरती लगायतका स्थानहरुमा घुमफिर गरी रात्री विश्रामपछि शुक्रवार बसबाट सीतामढी प्रस्थान गरिने कार्यक्रम रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । तीर्थालुलाई हेर्न र स्वागत गर्न सयौँको संख्यामा स्थानीयवासीहरु रेल्वे स्टेशन पुगेका थिए ।
यात्रु बोकेर आएका उक्त रेल आजै फर्किने छ भोली सीतामढीमा तिर्थालु भक्तजनहरुलाई रिसिभ गरेर पुन ः आफनो गनतव्य सम्म जाने कार्यक्रम रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै